Responsive Ad Slot

latest

देबघाटका स्थानियबासी श्रेष्ठमाथी हातपात I

Monday, December 5

/ by Admin BHOLA THAPA

तनहुँ,
मंसिर १९-तनहुको देबघाटका निशान श्रेष्ठमाथी आज बिहान देबघाटको नारायणी तिरमा हातपात भएको छ । सतनचुलि सामुदायिक बन चितबनका निर्बतमान अध्यक्ष भरत कुबरको नेतृत्वमा २ ओटा गाडीमा आएका १० ,१२ जनाको समुहले कुटपिट गरेको पिडित श्रेष्ठले बताउनु भयो । सतनचुलि सामुदायिक बनमा झण्डै करोड भन्दा बढी आर्थीक घोटला भएको खुलासा भए पछि देबघाटका युबाहरुले निष्पक्ष छानबिनको माग गरिरहेका छन् ।

निष्पक्ष छानबिनको माग गरेकै कारण श्रेष्ठमाथी हातपात भएको स्थानियबासीको भनाई छ । बनका निर्बतमान अध्यक्ष भरत कुबरलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।घाईते श्रेष्ठको अबस्था भने सामान्य रहेको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI