Responsive Ad Slot

latest

अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री पुन

Saturday, December 10

/ by Admin BHOLA THAPA
घनश्याम गौतम
गुल्मी, मंसिर २४ - अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । 
तम्घासमा शनिवार देखिसुरु भएको नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन उद्‌घाटनका लागि आएका मन्त्री पुनले क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा राजश्व असुली बढेको, बैंकिङ तरलता कम भएको, विदेशी मुद्राको संचिती उल्लेख बढेको भन्दै त्यसले अर्थतन्त्रमा अझै सुधार ल्याउने बताए ।

पुनले विदेशी मुद्रा संचिती गत वर्ष २ सय ७५ अर्व रहेकोमा त्यो अहिले बढेर ३ सय २० अर्वमा पुगेको जानकारी दिए । राजश्व असुली समेत बृद्धि भएको उनले बताए । 'गतवर्ष समग्र राजश्व असुली १२ प्रतिशत मात्र थियो', पत्रकार सम्मेलनमा उनले भने, 'यो वर्ष त्यो बढेर १७ प्रतिशत पुगेको छ ।' मन्त्री पुनले त्यसलाई अझै बढाएर २० प्रतिशत पुर्‍याउने गरी काम भैरहेको बताए ।
barsman-pun
पत्रकारहरुको जिज्ञासामा युवा स्वरोजगार कोषको दुरुपयोग भएको आरोप मात्र भएपनि कोष उद्देश्य अनुरुप संचालन हुन नसकेको भने स्वीकार गरे । कोषमा आफुले कुनै नीति परिवर्तन नगरेको जानकारी दिंदै अगाडीकै सरकारले तयार गरेको नीति अनुरुप नै कार्य भैरहेको बताए । 'कोष उद्देश्य अनुसार चलेको त छैन', उनले भने, 'दुरुपयोग नहोस भनेर कोषको नीति पुनरावलोकन गरेर छुट्टै मेकानिजम बनाउँदै छौं ।'

अर्थमन्त्री पुनले नक्कली लडाकुहरुका नाममा माओवादीले संस्थागत भ्रष्टाचार गरेको भन्ने आरोप राजनीतिमा टिक्नैका लागि ठुला पार्टीका शिर्ष नेताहरुले गरिएको चर्चा भन्ने टिप्पणी गरे । 'त्यति नभने त उहाँहरुको राजनीति नै चल्दैन', उनले भने, 'रकम दिने बेलामा सरकारका प्रतिनिधि नै गएर अनमिनको प्रमाणपत्र हेर्दै व्यक्ति व्यक्तिलाई चेक दिने गरिएको हो ।' मन्त्री पुनले रकम वितरणमा जाने सरकारी कर्मचारी माथि नै अनियमिताको शंका गरे ।

अर्को फरक प्रसंगमा पुनले अझै २/३ महिना राष्ट्रिय सहमितिको सरकार बन्न नसक्ने दावी गरे । सहमतीका लागि आफुहरु जुनसुकै बेला पनि मन्त्री पद छोड्न तयार रहेको समेत उनले बताए । 'सहमति हुन्छ भने हामी जतिसुकै बेला पनि मन्त्री छोड्न तयार छौं', पुनले भने, 'तर संविधान भट्टराई नेतृत्वकै सरकारले जारी गर्छ ।' उनले ठुला राजनीतिक दल भित्रको खिचलोले पनि भट्टराई नेतृत्वकै सरकार राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरे । साभार इकान्तिपुर बाट

Don't Miss
© all rights reserved
made with by netKUTI