नारायण सापकोटा,
चितवन मंसिर २०-गैंडाको खाग तस्करीमा संलग्न १ जनालाई ईलाका प्रहरी कार्यलाय नवलपरासीले पक्रउ गरेको छ। पक्रउ पर्नेमा नवलपरासीकै कुमारबर्ती ८का ४३ बर्षीय लोक बहादुर महतो रहेका छन् । महतो गैडाको खाग तस्करीको मुद्धा लागेपछि २०६६ सालदेखी फरार रहेका थिए ।काबासेती प्रहरीले थालेको स्टेरीङ्ग अप्रेशन अन्तरगत महतोलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय नवलपरासी काबासोतीका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताउनु भयो । उनि गैडा मार्ने र खाग बिक्री गर्ने कार्यमा संलग्न भएको समेत पुष्ट्रि भैसकेको पनि मरासिनिले जानकारी दिनु भयो ।