बहार बनि आउ यो जिन्दगीमा,सुबाश छर्नलाई
समर्पण गर्छु सारा आउन आउ राज गर्नलाई
राजेश रुम्बा लामा "अतृप्त" |
तिम्रो सामिप्यमा आफैलाई भुली दिनेछु म
हरेक दर्द आफै लुकाई सँधै फूलिदिनेछु म
दिलको घैलो खालि छ प्रिय आउन भर्नलाई
समर्पण गर्छु सारा आउन आउ राज गर्नलाई
~~~~~~~~~~~~~~~~~~~~~~~~~
यहि ऋतु भोलि हुन्न त्यहि हो जोवन पनि
आउँछ जान्छ रोकिन्न त्यहि हो यौवन पनि
फूलौँ-फलौं बैंश छँदै प्रिय हामी संगै झर्नलाई
समर्पण गर्छु सारा आउन आउ राज गर्नलाई
~~~~~~~~~~~~~~~~~~~~~~~~~
बहार बनि आउ यो जिन्दगीमा,सुबाश छर्नलाई
समर्पण गर्छु सारा आउन आउ राज गर्नलाई
~~~~~~~~~~~~~~~~~~~~~~~~~
____राजेश रुम्बा लामा "अतृप्त"