Responsive Ad Slot

latest

बिश्वकै उत्कृष्ट पदमार्गमा मोटरले ल्याएको समस्या सुल्झाउन वैकल्पीक पदमार्ग

Monday, December 5

/ by Admin BHOLA THAPA
चन्द्रश्वर बस्ताकोटी÷
मुस्ताङ १९, मसिर ।
मोटरबाटोले पर्यटकलाई समस्या पारेपछि बिश्वकै उत्कृष्ट पदमार्ग अन्नपुर्ण फेरोको मुस्ताङको मुक्तिनाथ देखि घासा सम्म बैकल्पीक पर्यटन पदयात्रा मार्ग पहिचान एवं विकासको कार्य गरिएको छ ।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) इलाका स्ांरक्षण कार्यालय जोमसोमले बैकल्पीक पदमार्गको पहिचान एवं विकास गरि सञ्चालनका लागि आवश्यक तयारी गरेको छ । सम्पन्न पदमार्गमा स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिन्ह, ब्ल्याक ट्रष्ट पाइप राखिएको एक्याप इलाका स्ांरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख शन्तोष शेरचनले बताउनु भयो । बेनी–जोमसोम सडक विस्तारपछि पदयात्रा गर्ने पर्यटकलाई परेको समस्या सुल्झाउन मुस्ताङ खण्डमा नयाँ पदमार्ग पहिचान एवं विकासको कार्य ५ बर्ष देखि थालिएको होे । एक्याप जोमसोमले मुक्तिनाथ देखि घासा सम्म बैकल्पीक पर्यटन पदयात्रा मार्ग पहिचान एवं विकास गर्न थालेपछि भने केहि मात्रामा भए पनि पर्यटकहरु बैकल्पीक मार्ग हुदै हिड्न थालेकाले केहि मात्रामा गाउले एव पर्यटकहरुले राहतको महशुस गरेको संरक्षण क्षेत्र ब्यबस्थापन समिति कुञ्जोका अध्यक्ष युवक बिकले बताउनु भयो ।

मुस्ताङ प्रवेश गर्ने र बाहिरीने पर्यटकहरूलाई सहज बनाउनुका साथै दिर्घकालिन सोचका साथ मुक्तिनाथ, लुब्रा, जोमसोम, ठिनी, छैरो, सौरु, कोखेठाटी, टिटि, कुञ्जो हुदै घाँसाको टे«किङ रुट बनाई ब्यबस्थीत गरि सञ्चालन गर्ने तयारीमा बैकल्पिक पर्यटन पदमार्गको पहिचान एवं विकास गरिएको हो । बैकल्पीक मार्ग सम्पन्न भएपछि मोटरबाट पर्यटकलाई परेको समस्या सुल्झिने छ भने नयाँ बस्तिहरुमा पर्यटकीय सभाबना बढ्नेछ । म्याग्दीको नारच्याङ, मुस्ताङको लुब्रा गाउमा होम स्टेको अवधारणा ल्याइएको छ । अन्नपूर्ण फेरोमा पदयात्रा गर्ने पर्यटकहरुलाई मोटरबाटोका कारण परेको असुबिधाको मुस्ताङमा विकल्प खोज्दै गत ५ बर्ष अगाडी देखि जोमसोमले बैकल्पीक मार्गको कार्र्य अन्तिम चरणमा पु¥याए पछि समस्या समाधान हुने अपेक्षा गरिएको छ । बेनी देखि जोमसोम सम्मको पुरानो पदमार्गमा हाल ७६ किमी बेनी जोमसोम सडकमा सवारी साधन गुड्न थालेपछि पर्यटकलाई धुँवा, धुलो र ध्वनि प्रदुषणले पर्न गएको नकरात्मक असरको विकल्प खोज्न सुझाव दिएपछि नयाँ पदमार्गको पहिचान एवं विकास गरिएको हो ।
केहि बर्ष अगाडी सम्म लोन्ली प्लानेटले बिश्वकै उत्कृष्ट दश पर्यटन पदमार्गमा राखेकोे यो मार्ग बिस्थापित हुनबाट बचाई थप पर्यटक आकर्षित गर्न कार्य अगाडी बढाइएको एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका पर्यटन सहायक कृष्ण प्रसाद गुरुङले बताउनु भयो । गत आर्थीक बर्ष सम्ममा निमार्ण सम्पन्न भएका बैकल्पीक मार्गको खण्डमा एक्यापले साइनपोष्टीङ, लगायतका कार्य धमाधम अगाडी बढाउदै १४ वटा लोकेशन बोर्ड, ३१ वटा ट्रायल साइन र ३६ वटा विश्वकै प्रख्यात ५४१६ मिटर उचाई थोरङपासमा ब्ल्याक ट्रष्ट पाइप राखिएको छ भने थप १४ वटा ब्ल्याक ट्रष्ट पाइप नुप्साङ खर्कमा राखिने योजना रहेको छ । कालीगण्डकी नदिको किनार जंगलै जंगल, कम बस्ति भएको क्षेत्रमा एक्यापले २३ लाख र जिल्ला बिकास समिती मुस्ताङले १० खर्च गरि खण्ड खण्ड निमार्ण गर्दै आएका हुन । यस बर्ष समेत जिबिस मुस्ताङ र एक्याप जोमसोमको सहकार्यमा थप पर्यटन पदमार्ग खोजी गरि पर्यटकलाई सक्दो धेरै दिन मुस्ताङमा बसाउने कार्य थालिने भएको छ । यसबर्ष ६ लाख रुपैया बैकल्पीक पदमार्गमा खर्च गरिने एक्याप इलाका संरक्षण कार्यालयजोमसोमका ओभरसियर आनन्द थापाले जानकारी दिनुभयो ।
पयर्टकहरुको पहिलो रोजाई अर्ध निषेधित क्षेत्र उपल्लो मुस्ताङमा बिगत ३ वर्ष देखि कागवेनि झैते कच्चि मोटर बाटो बनाउने कार्य ग्रामिण पुनःनिर्माण तथा पुनस्र्थापना आयोजनाले गरि रहेको छ । झैते देखि पदमार्ग हुदै कोराला नाका सम्म ४२ किमी कच्चि मोटर बाटो यस भन्दा अगाडी नै बनिसकेको छ । स्थानियबासीको माग अनुरुप उपल्लो मुस्ताङमा समेत पदमार्गमै सडक बन्न थाले पछी पर्यटन व्यबसायिहरु भने चिन्तीत बन्न थालेका छन । बिकाससगै मोटर बाटोले बिनास पनि गरीरहेको छ । समयमै उपल्लो मुस्ताङमा समेत वैकल्पीक पर्यटन पदमार्गको पहिचान गरि बिकास गर्नु पर्ने देखिन्छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI