सृजना राना
तनहुँ, पुस ७
दुलेगौडा गाउँ विकास समितीमा ६ सय २३ घर धूरीले शौचालयमा दिशा पिसाब नगर्ने गरेको पाईएको छ । १३ हजार ६ सय ३१ जनसख्या रहेको यस गा.वि.स मा २ सय ९९ कच्चि शौचालय र ३ सय २४ घरपरीवारले खुल्ला रुपमा दिशा पिसाव गर्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।
जिल्ला विकास समिती तनहुको पहलमा शौचालय नहुनेहरुका घरमा शौचालय निर्माण गरीने भएको हो । सबैका घरमा शौचालय अनिर्वाय निमार्णका लागी दुलेगौडा गा.वि.स लागीपरेको गा.वि.स सचिव नारायण प्रसाद वाग्लेले बताउनु भयो । प्रचारात्मक अभियानलाई तिव्रता दिदै स्थानियबासीहरु शैचालय निर्माणमा जुटेको गा.वि.स सचिव वाग्लेले बताउनु भयो ।
जिल्ला विकास समितीको ओ.डी.एफ कार्यक्रम अन्तरगत शौचालय निर्माणमा दिशा बस्ने प्यान २५ कीलो सिमेन्ट ४ इन्चको ढेढ मिटर पाइप र ज्यामि खर्च बराबर ६०० सय रुपैया अनुदान दिई शौचालय निर्माण गराउन लगाइएको हो ।
दुलेगौडा गा.वि.स लाई माघ महिनामा खुल्ला दिशा मुक्त क्षेत्र घोषण गरीदैछ अनिवार्य रुपमा दुलेगौडा बासिले शौचालय निर्माण गर्नेपर्ने अभियान गा.वि.स कार्यालयले जनाएको छ । यो अभियानमा कसैले असयोग गरे गा.वि.स ले नागरीकलाई दिदै आएको विविध खालका सेव सुविधा कटौती गरीन पनि सकिने सचिव वाग्लेले चेतावनी दिनुभएको छ ।खुल्ला दिशामुक्त घोषण कार्यक्रम सगँसगै अब ६ सय २३ घर धुरी का परीवारले खुल्ला रुपमा शौच नगर्ने भएका छन ।