पाल्पा , पौष ६-जिल्ला बालकल्याण समिति पाल्पाको आयोजनामा सञ्चालित बालअधिकार तथा बालसंरक्षण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । तानसेनमा सञ्चालित तालिममा ३० वटा गाउँ बालसंरक्षण समितिका ३० जना संयोजक तथा प्रतिनिधिहरु सहभागी भएका थिए ।
तालिममा गाउँ बालसंरक्षण समितिको परिचय र भूमिका, बालअधिकार तथा संरक्षण सम्बन्धी विभिन्न ऐन नियम र नीतिहरु, बालबालिका सम्बन्धी वर्तमान मुद्धा तथा चुनौती लगायतको बारेमा जानकारी गराईएको थियो । तालिमको शहजीकरण केन्द्रिय बालकल्याण समितिका सदस्य हरि सिं गुरुङ्गले गर्नु भएको थियो । तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समितिका अध्यक्ष टिकाराम घिमिरेको अध्यक्षतामा भएको थियो । यस्तै तालिम बालकल्याण समितिका पदाधिकारीहरुलाई भोलि सञ्चालन गरिने बाल अधिकारी अधिकृत हरि बहादुर सारुले जानकारी गराउनु भयो ।