Responsive Ad Slot

latest

कतारमा चासोक तङनाम–२०६८ भब्यताका साथ सम्पन्न

Wednesday, December 14

/ by Admin BHOLA THAPA


९ डिसेम्वर, २०११ का दिन किरात याक्थुङ चुम्लुङ कतारले अलिशान रेष्टुरेण्टको हलमा एक भब्य समारोहका बिच चासोक तङनाम–२०६८ सम्पन्न गरेको छ । “याक्थुङ संस्कृति हाम्रो पहिचान, संरक्षण सम्बद्र्घन गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ बिविध लिम्बु मनोरञ्जनात्मक साँस्कृतिक कार्यव्रम सहित चासोक तङनाम–२०६८ सम्पन्न भएको समाचार प्राप्त भएको छ । किरात याक्थुङ चुम्लुङ कतारका का.बा.अध्यक्ष तथा चासोक तङनाम–२०६८ मुल समारोह समितीका संयोजक श्री ज्ञानेन्द्र कुमार पन्दाकको सभापतित्वमा सम्पन्न भएको कार्यव्रmममा चुम्लुङका सचिव श्री बिर्जहाङ तुम्रोकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रवासी आदिबासी जनजाति महासंघका अध्यक्ष श्री मान बहादुर साँवालिम्बु हुनु हुन्थ्यो । बिशेष अतिथी किरात याक्थुङ चुम्लुङ कतारका प्रमुख सल्लाहकार श्री दिल किरण खजुम, हुनु हुन्थ्यो ।
गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव श्री टि.बि. कार्की, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री अमृत गुरुङ, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका निबर्तमान सल्लाहकार संयोजक श्री कमलमणि गुरागाई, बुद्घिजिवी तथा समाजसेवी श्री बिल बहादुर गुरुङ्ग, नेपाल लोकतान्त्रिक मञ्च कतारका अध्यक्ष श्री राम हरी गैह्रे, जन प्रगतिशिल मञ्च कतारका रकमध्वज राई, मञ्च सम्बद्घ लिम्बुवान राज्य परिषदका अध्यक्ष श्री नरेन्द्र एभेङ्ग, मंगोल नेशनल अर्गनाईजेसनका ए.एम.साँवा, नवोदित साहित्यिक मोबाईल पुस्तकालय तथा आनेसास कतारका तिर्थसंगम राई, अन्तराष्ट्रिय राजधानी साप्ताहिक कतार ब्यूरोका संवाददाता प्रेम लामा, बुद्घिजिवी तथा समाजसेवी श्री चानक पोख्रेल, बुद्घिजिवी तथा समाजसेवी श्री शेर बहादुर परियार, नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष श्री देव बहादुर राना मगर, किरात राई यायोक्खा शाखा, कतारका अध्यक्ष श्री चन्द्रसेर राई, तमु बौद्घ सेवा समिती शाखा कतारका अध्यक्ष श्री जगन गुरुङ्ग, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका सभापति ई. बिधानन्द चौधरी, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष श्री शंखलाल तामाङ, प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष श्री टंक भुजेल, नेपाल प्रवासी सुनुवार समाज कतारका अध्यक्ष श्री राम बहादुर सुनुवार, क्षेत्री सेवा समाज कतारका महासचिव श्री निलम कार्की, नेपाल प्रवासी मुस्लिम सेवा समाजका अध्यक्ष मक्सुद आलम, गुल्मी सेवा समाज कतारका अध्यक्ष श्री द्रोण वस्नेत, पाथीभरा सेवा समाज ताप्लेजुङका अध्यक्ष श्री वल बहादुर महत, पाँचथर सेवा समाजका अध्यक्ष श्री छबिरमण कटुवाल, कास्की आदर्श सेवा समाजका मीन बहादुर गुरुङ, खोटाङ्ग हलेसी बचत तथा ऋण सहकारी संस्थाका शिव राउत, नेपाल प्रवासी जातिय भेदभाव उन्मुलन साझा मञ्चका भीम सुनार, किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार श्री केवल पाहिम, किरात याक्थुङ चुम्लुङ कतारका सल्लाहकार श्री गणेश थक्लुङ, लिम्वु साँस्कृतिक परिषद शाखा कतारका अध्यक्ष श्री भुपती संयोक्पा लिम्वु लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य मात्रमा उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी नेपाल प्रवासी आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष श्री मान बहादुर साँवाले ब्यानर अनावरण गर्नु भएको थियो भने अतिथी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री अमृत गुरुङ, दिप प्रज्वलन गर्नु भएको थियो । उक्त अवसरमा लिम्वु परम्परागत विधी अनुसार कियाचु कतारका का.बा.अध्यक्ष श्री ज्ञानेन्द्र कुमार पन्दाकले प्रमुख अतिथी मान बहादुर साँवाको शीरमा फेटा बाधी दिएर संस्थाको तर्फवाट विशेष सत्कार प्रदान गर्नु भएको थियो ।
राष्ट्रिय गानबाट शुरु गरिएको कार्यव्रmममा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरे पछि चुम्लुङका केन्द्रिय सदस्य श्री येतु कुमार सम्बाहाङफेले स्वागत मन्तब्य दिनु भएको थियो भने आदुमेरो आदाङ्गवासे चासोक तङनाममो भन्ने लिम्बु भाषामा रचना गरिएको स्वागत गीतबाट लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरुले अतिथी तथा आगन्तुकहरुलाई स्वागत गरिएको थियो । चासोक तङनामको महत्व र विशेषता बारे चुम्लुङका केन्द्रिय सदस्य श्री श्याम सुहाङ्ग हुक्पाचोङबाङ्ग लिम्बुले प्रष्ट पारेका थिए ।
उक्त अवसरमा संगीत बिधामा गैर आवासिय नेपाली तारा कतार–२०११ प्रथम र दित्तिय हुने व्रmमशः दिनेश नेम्बाङ लिम्बु र संगीत लिम्बु र नृत्य तर्फ दोश्रो हुन सफल समिक्षा श्रेष्ठ लाई बधाई तथा शुभकामना सहित प्रमुख अतिथीको बाहुलीबाट सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी मान बहादुर साँवाले चासोक तङनाम – २०६८ को अवसरमा सम्पुर्ण किरात तथा नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै उहाँले अगाडी भन्नु भयो आफ्नो पहिचान र अधिकारको कुरा उठाउँनु अत्यन्तै जरुरी भएको कुरा उल्लेख गर्दै आफ्नो भाषा, लिपी र संस्कृतीलाई माया गर्नेले राष्ट्रलाई पनि माया गर्छन् भन्नु भयो । नेपालमा रहेका हरेक भाषिक, सांस्कृतिक, विविधताले नै सुन्दर नेपाल भएको कुरामा प्रष्ट पार्दै यो आज विश्व सामु नेपालीहरुको अर्काे पहिचानको रुपमा स्थापित भएको कुरा समेत प्रष्ट पार्नु भयो । विशेष अतिथी गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सचिव श्री टि.बि. कार्कीले प्रवासमा रहेर पनि आफ्नो भाषा, लिपी र संस्कृतीको संरक्षण गर्न कियाचु कतारले खेलेको भुमिकाको सह्राना गर्दै राज्यले राष्ट्रिय पर्वको रुपमा मान्यता दिई सकेको हुनाले यो सम्पूर्ण नेपालीको चाड भएको र सबैले मान्नु पर्ने बताउनु भयो । कियाचु कतारका प्रमुख सल्लाहकार श्री दिल किरण खजुमले कतारमा ४ बर्ष देखि निरन्तर रुपमा चासोक तङनाम मनाईदै आएकोले प्रवासमा याक्थुङ संस्कृति र पहिचानको संरक्षण संम्बद्र्घन त भई रहेकै छ तर जब हाम्रो मातृभुमीको हरेक गाँऊ टोलमा यसलाई हर्षोल्लासका साथ भब्य रुपमा मनाउने व्रmमको बिकास गर्छौ तब मात्र आजको यो हाम्रो प्रयासले सार्थकता पाउनेछ भन्नु भयो ।
अतिथी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष श्री अमृत गुरुङले नेपालका हरेक संस्कृतिहरुको विशेष महत्व रहेको कुरामा जोड दिदैं यसको संरक्षण र सम्वर्धन गर्न राज्यले त गर्नु पर्छ नै तर आदिवासी जनजातिहरु स्वयमले तत्परता देखाउँनु पर्ने विचार राख्नु भयो । समाज सेवी तथा वुद्धिजिवी श्री कमल मणी गुरागाईंले अव वन्ने नयाँ संविधानमा सवै भाषा, लिपी र संस्कृतीको समान हैसियत रहने संवैधानिक व्यवस्था गरिनु पर्ने कुरामा जोड दिंदै त्यसले मात्र नयाँ नेपालको भविश्य सुनिश्चित हुने धारणा राख्नु भयो । नेपाल प्रवासी मुस्लिम सेवा समाज कतारका अध्यक्ष मक्सुद आलमले नेपालमा रहदा समेत नदेखेको यो लोभलाग्दो संस्कति कतारमा देख्न पाएकोमा खुशि ब्यक्त गर्दै यो नेपालीहरुको सम्पति भएको र यस्लाई राज्यले संरक्षण गर्नु आवश्यक छ भन्नु भयो । त्यसै गरि ई. बिधानन्द चौधरीले हिजोको केन्द्रकृत राज्य सत्ताले लिम्वुवानवाट किपोट खोसेको स्मरण गराउँदै अव वन्ने नयाँ संविधानमा ती हिजो खोसिएका हक, अधिकारहरु संविधानमा लिपीवद्ध नगरिए मागेर होईन लडेर लिनु पर्ने विचार राख्नु भयो ।
उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्रिय समिति, नेपालका अध्यक्ष श्री अर्जुन नुगो लिम्बु द्वारा हस्ताक्षरित चासोक तङनाम २०६८ को शुभ कामना शन्देश केन्द्रिय सचिवालय सदस्य श्री श्रवण योङयाले जस्ताको तस्तै पढेर सुनाउनु भएको थियो ।
कार्यक्रममा याक्थुङले साक्थिम भन्ने गीतवाट लिम्वु साँस्कृतिक परिषद कतारका कलाकारहरुले मनोरञ्जन पस्किन थालेका थिए । व्रmमश के.बि. नेम्बाङले बल्लै भेट भो बोलको गीत, श्रवण योङयाले जुन बाटोमा, रमेश लावतीले शिरै फुल्यो शिरबन्दी, संगीत लिम्बुले राजेश पायल राईको सेली आई लब यू र सन्देश राईले झापा तोपगाछी बोलको गीत गाएका थिए । त्यसै गरि नृत्य तर्फ देबिका श्रेष्ठले माईतीघर बोलको गीतमा बेजोड नृत्य गरेकी थिईन भने किरण लामाले यो गाउको ठिटो म कान्छा मेरो नाम, बर्षा थापाले पिरती बस्यो सुस्तरी सुस्तरी, अझ परम्परागत लिम्बु गीत हाक्पारे साम्लोमा दियो कलस सहित भुपति संयोकपा लिम्वुको नेतृत्वमा हाक्पारे साम्लो प्रस्तुत गर्दा त गाउँ घरको झलझली याद आएको अनुभुती हुन्थ्यो । अर्काे खास मनारोञ्जनको पाटो यालाङ्ग (धान नाच), के लाङ्ग ( च्याब्रुङ्ग नाच) रहेको थियो । त्यसमा पनि सबै भन्दा रोचक भने पुर्ब नौ जिल्लाका व्रmमश येतु कुमार सम्बाहाङफे पाँन्थर, ज्ञानेन्द्र एक्तेन ईलाम, किरण लिङदेन ताप्लिजोङ्ग, भीम थक्लुङ संखुवासभा, भुपति संयोक धनकुटा, श्याम सुहाङ तेह्रथुम, बीरेन्द्र सेर्मा लिम्बु झापा, ईन्द्र मेयाङ्गबो मोरङ्ग, र पुर्णहाङ्ग साँवा सुनसरीबाट महिला कलाकारहरुको साथमा सामुहिक धान नाच प्रस्तुत गरिएको थियो । यो साँस्कृतिक टोलीको संयोजन बिमल सिगु लिम्बुले गर्नु भएको थियो ।
कार्यव्रmमको अन्त्य तिर प्रमुख अतिथी बिशेष अतिथीबाट कार्यव्रmममा साँस्कृतिक झाँकीहरु पस्केर अतिथीहरुलाई भरपुर मनोरञ्जन दिने कलाकारहरुलाई प्रसंसा पत्र तिरण गरिएको थियो । कार्यक्रम समापन हुनु पुर्व प्रमुख अतिथी, विशेष अतिथी, अतिथी, संस्थाका पदाधिकारीहरु, कलाकार लगायत सम्पुर्ण महानुभवहरुले सामुहिक रुपमा च्याब्रुङ्ग नाचेको दृश्य त अझ अविस्मरणिय क्षणको रुपमा देख्न सकिन्थ्यो । अन्त्यमा सम्पूर्ण आमन्त्रित अतिथी गण, कलाकारहरु, स्वयमसेवकहरु र समारोहमा उपस्थित किराती तथा गैर किराती सबैमा कार्यव्रmमलाई सफल पार्न सहयोग पु¥याउनु भएकोमा धन्यबाद तथा आभार प्रकट गर्र्दै चासोक तङनाम २०६८ को शुभ कामना सहित पुन आगामी बर्षमा पनि यसरी नै चासोक तङनाम मनाउँने बाचाका साथ कार्यव्रmमका सभापति ज्ञानेन्द्र पन्दाकले कार्यक्रम समापन गर्नु भयो । धन्यवाद । चुरेरो ।।


बिर्जहाङ्ग तुम्रोक
सचिव
किरात याक्थुङ चुम्लुङ कतार
--
Don't Miss
© all rights reserved
made with by netKUTI