रामप्रसाद ढुंगेल,
दोहा कतार

गत डिसेम्बर १९ मा सार्वजनिक गरिएको उपहार कार्यक्रममा उनले २०÷११ मोडलको निसान टिडा कार प्राप्त गरेको उक्त मार्केटले जनाएको छ । आफूले अचानक कार पाएकोमा अत्यन्त खुसी भएको बताउने खड्काले उपहारमा प्राप्त कार बिक्री गर्ने बताएका छन् । ‘मैले यहाँ कार चलाउने अवस्था छैन, त्यसैले बेच्नै पर्ने भएको छ’, आपूmसँग चालक अनुमतिपत्र नभएका कारण कार बेचेर पैसा लिन चाहने उनले भने, ‘तर, भनेजस्तो दाम भने पाउन सकेको छैना ।
सोरुमको दामभन्दा ५ देखि १० हजार रियल कम दाममा आफू उक्त कार बेच्न तयार रहेको उनले बताएका छन् । आफ्ना बाबुले करिब १५ वर्षअघि आमालाई छोडेर गएपछि आमा बालकुमारी खड्काले बनीबुतो गरी आफूलाई हुर्काएको बताउने उनले आफ्नो बाल्यकाल कष्टकर रहेको बताए । कार बिक्री भएपछि नेपाल फर्किने उनले बताएका छन् ।