Responsive Ad Slot

latest

कविता -मन दुखेको छ

Monday, December 19

/ by Admin BHOLA THAPA





किन किन
गहिरिएर मन दुखेको छ आज
भारि भएको छ आफ्नै शरिर
एक टनको भएको छ आफ्नै टाउको
अनि लतारिएका छन् पाउहरु
पाइला चाल्नुको साटो ।

नमिठो सपना देखें हिजो राती
आफैंले आफ्नै कपाल लुछ्दै गरेको
कुनै अपरिचितले लखेट्दै गरेको
अज्ञात जनावरले आक्रमण गर्दै गरेको
इन्द्रमणी नेपाल
तर निसहाय म
भाग्न पनि सकिरहेको थिइन
प्रतिरोध गर्नु त कता हो कता
उल्टै आफ्नै भौतिक देहमा
म स्वयं प्रतिघात गर्दै थिएँ ।

चोट त देखिएन कतै पिन
तर भित्र दर्द भयो
मनलाइ घाइते तुल्याएर
आक्रमणकारी कता गयो
खोज्दा पनि भेटिएन
रिस त झनै मेटिएन
शरिर त पुरा थङ्थिलो भएछ
ताकत सबै उतै गएछ
पछि मात्र थाहा भयो
मात्र सास बाँकि रहेछ ।

बच्ने प्रयास गर्दै भाग्दा
कति निषेधित ठाउँमा पुगें म
कतै लड्दै ठोकिदै
बेहोश पनि भएँ म
अनि भयातुर मन तथा
जिर्ण शरिर लिएरसहाराको लागि
म आफन्तहरुको शरणमा पुगें त्यतिबेला
जतिबेला मलाइ उज्यालोले चुमिरहेको थियो
न्यानो प्रकाशले स्पर्श गरिरहेको थियो
तर आलस्य थिएँ म दुस्वप्नले गर्दा
गलित थिएँ म भयले गर्दा
र त्यो भयंकर सपनालाइ
बिस्रने प्रयास गर्दै थिएँ म

पहिले आफन्तहरु जो थिए
अहिले शत्रु बनेका छन्
बारम्बार धोखा खाएको छु मैले
यस्तै आफन्तहरुबाट
मेरा हर पाइलाहरुमा
बाधा र व्यावधान पाएको छु मैले
उनिहरुको साथ स्वरुप
बाहिरी मिठो हाँसो र नरम कुराहरु पछािड
तिखो छुरी देखेको छु मैले
त्यसैले होला बाहिरी पिडा भन्दा बढी

गहिरिएर मन दुखेको छ आज
भारि भएको छ आफ्नै शरिर
एक टनको भएको छ आफ्नै टाउको अ
नि लतारिएका छन् पाउहरु
पाइला चाल्नुको साटो ।
***************************
इन्द्रमणी नेपाल
नवोदित साहित्यिक मोबाइल पुस्तकालय
दोहा कतार
Don't Miss
© all rights reserved
made with by netKUTI