कविता- देश र कवि
सगरमाथा झैं ढाका टोपी
दुई आँखामा रारा र फेवा
छातिभरि तराईका फाँटहरु
मस्तिष्कभरि पहाड जस्तै
अधीर र अद्भुत कविता
लाग्छ-
देश र कवि उस्तैउस्तै हो
जस्तो-
पानी र नदी
घाम र उज्यालो
प्रेम र पुजा
अथवा,
लक्ष्मीप्रसाद र मुना मदन
बिपी र सुम्निमा
या बिश्वेश्वर र समाजबाद ।
लौन अचम्म भो !
भूगोलको बिच भाग
एसियाको मुटुबाट
अचानक कुनै नक्सा हरायो
कुन चाहि रंगकर्मी नेताले
भित्तामा लेखिदिए छ
नेपाल अब
अनमिन र वाईसियलको
परेड खेल्ने मैदान हो ।
के नेपाल कुलङ्गघारहरुको
पेन्सन पट्टा र बिर्ता हो ?
बिचरा …!
निरिह भिमसेनको धरहरा
निरुत्तर स्वंम्भूको आँखा
लाचार र निस्तेज भएकोछ
त्यसको केहि दिन पिछ
घामको आभाहरु टिपेर
प्यासिफिक सागर भन्दा
फराकिलो सपना बोिक
जूनको बस्ती हिडेको कवि
भूमध्य रेखा विच बिलायो
सम्भावनाका असंख्य गोरेटोहरु
जस्केली र मतानमा छोिड
यसोधरा जस्ती पत्नी
राहुल जस्तो छोरा
आंैशीको रातलाई सुम्पेर
आधा रातमा कवि हरायो
झण्डै झण्डै पहाड जत्रो
लगभग लगभग कर्णाली जत्रो
सिङ्गो नेपालको नक्सा फहराउँदै
लोकतान्त्रिक उत्कृष्ट टाकुरामा
राष्ट्रियताको बिशिष्ट आँकुरामा
कुनै समय
राष्ट्रिय गीत गाउँथ्यो कवि
अब कस्ले गाउँने राष्ट्रिय गीत ?
म-
सिहदरवारको जेब्राक्रसिङमा उभिएर
देश र कवि खोजिरहेछु ।
यो भूगोलको देशान्तरभरी
यो ब्रम्ह रहस्यको कुना काप्चामा
खोज्न सम्म खोजे मेरो देश
कल्पनाको परिधिभरी
सुष्ाप्त स्नायूको तन्तुहरुमा
छामछुम गरि हेरें कविलाई
कहिकतै पाउँन सकिन देश
कहिकतै भेट्न सकिन कवि
ए हजुर-
तपाईहरुले देख्नु भयो मेरो देश
तपाईहरुले भेट्नु भयो मेरो पि्रय कवि
म-
जीवनको अन्तिम दशगजामा उभिएर
देश र कवि खोजिरहेछु ।
तीर्थ संगम राई
हाल- कतार