Responsive Ad Slot

latest

क्षितिजपारीका सन्तोष ।

Wednesday, December 21

/ by Admin BHOLA THAPA
काठमान्डौ,
पुस ६-संगीतको एक दशकको यात्रामा पर्दाभित्रबाट बाहिर आएको छ । निरन्तरको साधना जारी राख्दै गर्दा संगीतको आरोह अवरोहको यात्रजस्तै जिन्दगीको यात्रा अगाडि बढिरहेको छ । एउटा गायक बन्ने सपनामा गाउँ छाडेर शहर छिर्दा आज एउटा संगीतकारको उपमा पाएको छ । जसको परिचय अहिले संगीतकार सन्तोष श्रेष्ठको भएको छ । विहानको झुल्के घामदेखि रातिसम्म निरन्तर संगीतको यात्रा जारी रहेको छ ।

युवा तिमीले देश रोएको देख्नुपर्छ है.... बोलको गीतदेखि अहिलेको परेलीको बर्षात्ले छातीभित्र पहिरो गयो... सम्म आइपुग्दा एउटा दशकको संगीत यात्रा पार भइसकेको छ । जुनबेला शहरमा छिरे त्यो बेला उनलाई लाग्थ्यो म एउटा गायकको परिचयमा यो ठाउँमा उभिन चाहन्छु तर अहिले उनको सोचाईलाई नै परिवर्तन गरिदिएको छ संगीतले । कोही दिन थिए लोकदोहोरीको आँधी नै चलेको त्यो दिन उनी पनि लोकदोहारीका एल्बम निकाल्नमा व्यस्त थिए । उनले लोकदोहोरी धेरै नै गाए तर परिचय बनाउन निकै कठीन बन्यो । केही समय उनी लोकदोहोरी रेष्टुरेन्टमा काम गरे भने केही समय गीत गाउनकै लागि विदेश हानिए । तर पनि उनको लोकगायकको परिचयलाई सफल उचाईमा पु¥याउन कठीन भयो । तर यात्रा संगीतकै साधनामा थियो । विदेशबाट फर्किएपछि पनि उनले पुनः नेपाली संगीतमै आफ्नो दिनरात डुबाए । समयले कोल्टे फे¥यो उनको साधनालाई सफल उचाईमा पु¥याउने एउटा खुड्किलो बन्यो ‘साधना’ एल्बम । जुन गीत अजम्बरी बन्यो, प्रेम र विछोडमा परेकाहरुका लागि कालजयी बन्न सफल बन्यो र उनलाई पनि संगीतकारको उचाईमा पु¥यायो । त्यतिमात्र होइन उनको त्यो गीतले एउटा सुगम संगीतको शिखरमा उच्च बन्न सफल भयो, जुन गीत थियो ः
तिमीले पराई ठानेपछि पराई हुन के भयो र
तिम्रो मेरो बीचको नाता भन्नुपर्ने के रह्यो र
आखिर डाँडा काट्नु रैछ, त्यो मन अन्तै साट्नु रैछ

उनले यात्रा एक दशकको गरे तर उनलाई संगीतमा भित्रिएको नयाँ चेलोको रुपमा परिचय पायो । सुगम संगीतमै सबैभन्दा बढी सिआरबीटी डाउनलोड हुन सफल भयो र सदाबहार बन्न पुग्यो विछोड भएका मायाप्रेमभित्र । युवापुस्ताको एउटा प्रतिनिधित्व गर्दै अगाडि आयो सन्तोष श्रेष्ठ संगीतकार भएर । यो गीत बजारमा आउनुभन्दा अघि पनि उनी संगीतमै हराइरहेका थिए । उनले चिनारी नामक एल्बम निकाले तर उनको त्यो मेहनत बालुवामा पानी बन्यो । त्यसैपनि उनी हार नखाई अगाडि बढे र सफलता हात पारे । साधनापछि उनको संगीतको ढोका खुल्यो र संगम एल्बम पनि निकाले । उनले चिनारी एल्बममा राखेको गीतलाई संगम एल्बमको शीर्ष गीत बनाए त्यही गीतले फेरी बजारमा चर्चा पायो ।
आउँछु भनी निष्ठुरीले भर किन पार्नु
ज्यानै दिने बाचा गरी माया किन मार्नु
साधना, संगम हुँदै बजारमा आएपछि उनका सिर्जनाहरुलाई कैद गर्नेहरु धेरै अघि सर्दै गरे । उनी जति संगीत सिर्जना गर्दै जान्छन् सबैले प्रशंसा पाउँदै जान्छन् उनको उचाई बढाउँदै जान्छन् । गायक कन्हैया सिंहको स्वरमा तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो... गीतले पनि बजार ततायो, देशविदेशमा सन्तोषको संगीतलाई पु¥यायो । त्यसैगरी साउद अफ्रिकन गायक देव राख्खाले पनि नेपाली भाषामा गीत रेकर्ड गराउनका लागि उनीसँगै ‘जिन्दगीका झलकहरु’मा सहयात्रा गरे । देव राख्खाको स्वरमा उनले एकल संगीत गर्ने मौका पाए र उनको गीतलाई बजार विस्तार गर्ने काम भयो । त्यसपछि भारतीय गायिका सञ्जिवनी र गायक मनोज मिश्रको स्वरमा ‘गरिमा’ एल्बम बजारमा ल्याए । त्यसपछि उनको सांगीतिक यात्रालाई उच्च पार्नका लागि मितेरी, सुरक्षा, सौभाग्य एल्बमहरु सफल भए । अहिले उनी भाग्य खोज्ने क्रममा क्षितिजपारी पुगेका छन् ।
बेलाबेलामा साहित्यिक विधामा पनि आफूलाई उभ्याउन सफल भएका सन्तोष श्रेष्ठले दुई साहित्यिक कृति पनि प्रकाशित गरेका छन् । आँसु गजलसंग्रह र अधुरो सपना लघुकथा संग्रह बजारमा ल्याइसकेका श्रेष्ठले चलचित्र नरंगीएको सिउँदोमा पनि संगीत दिएका छन् । यसका अलावा उनले फुटकर रुपमा धेरै नै आधुनिक, लोक गीत, स्वदेश गान र चलचित्रका गीतहरुमा आफ्नो संगीत सिर्जना दिन सफल भएका छन् ।
गीतकार रमेश क्षितजका शब्दहरुमा उनले ‘क्षितिज’ एल्बम लिएर सुगम संगीतमा देखिएका छन् । मायाप्रेम, गाउँले परिवेश र समाजभित्रको गीतलाई मार्मिक रुपमा संगीतबाट प्रस्तुत गर्दै आएका संगीतकार सन्तोष श्रेष्ठका संगीतहरु यसमा अझ तिखारिएका छन्, सुमधुर बन्न सफल भएका छन् । संगीतकार धेरै छन् तर संगीतमा सफल बन्नेहरु कमै छन् । अहिलेको बजार सुगम संगीतको हो तर पनि सन्तोष श्रेष्ठको स्थान र अरु संगीतकारको स्थान नाप्ने कुनै यन्त्र नभए पनि बजारमा युवा संगीतकार श्रेष्ठको खोजी भइरहेको महसुस हुँदै गएको छ । एउटा व्यस्त संगीतकारको परिचय बोकेका संगीतकार श्रेष्ठ अहिले रमेश क्षितिजको सहकार्यमा क्षितिजसँगै बजारमा छरिएका छन् । कहिले उनलाई परेलीको बर्षात्ले दुःख दिइरहेको हुन्छ त कहिले गाउँका ठूल्दाइको कथालाई हार्मोनियमको टोनसँग मिलाएका छन् । जे होस् सन्तोषको संगीत यात्राले पनि अझ सहजता थप्दै गएको छ ।
अहिले उनी चलचित्र ‘तिम्रो मन बदलिएछ’ को शीर्ष गीतलाई रेकर्ड गर्ने क्रममा छन् । धेरै माया गर्छु भन्थ्यौ तिमी बिना मर्छु भन्थ्यौं... भन्ने संचारकर्मी सुमन वैरागीका शब्दमा सन्तोष श्रेष्ठको संगीतलाई मञ्जु उपसनाले स्वरबद्ध गर्दैछिन् । सुमन वैरागी

Don't Miss
© all rights reserved
made with by netKUTI