१७ मंसिर, काठमाडौं । मकवानपुरको चुनियाँमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । काठमाडौंबाट हेटौडा जाँदै गरेको ना १ ज २५३७ नम्बरको टाटासुमो त्रिभुवन राजपथ अन्तरगत चुनियाँमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि हेटौडा लगिएको प्रहरीले जनाएको छ ।