प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले गत साता सय दिन पुरा गरेको छ। मुस्ताङ गाडी चढेर कार्यकाल सुरु गरेका प्रधानमन्त्री भट्टराईलाई सरकारको गाडी चलाउन मुस्ताङकै उकालो चढ्न जस्तो अप्ठेरो भइरहेको छ कि सिंहदरबार अगाडिको कालोपत्रे सडकमा गुड्न झैं सजिलो?फेरि सरकारको विकल्पको कुरा भइरहेका बेला प्रधानमन्त्री भट्टराईले आफ्नो सय दिनलाई कसरी मुल्याङ्कन गरेका छन् ? अनि जनताले चाहिँ?यो साझा स वाल प्रधानमन्त्री भट्टराईसँग।