दिननाथ बराल,
पोखरा मङ्सिर२६-राष्ट्रिय लिगमा पहिलो पटक पोखराबाट छनौट भएको पोखरा फुलवारीको संगम क्लबलाई आईतबार पोखरामा र्याली सहित सम्मान गरीएको छ । संगम क्लब सुनसरीको दुहवीमा हालै सम्पन्न भएको रेडबुल सुपर लिग फुटबलमा उपबिजेता हुदै लिगमा छनौट भएको हो । क्लबका सल्लाहकार, स्थानीय आमा समुह तथा स्थानीय बासिहरुले संगम क्लब राष्ट्रिय लिगमा छनौट हुनु पोखराकै गौरव भएको भन्दै क्लबका खेलाडीहरु सम्मान गरेका हुन । खेलाडीहरुको टोलीलाई खादा तथा अविर लगाएर सम्मान गर्नूका साथै उनीहरुलाई पोखराका र्याली सहित नगरपरिक्रमा गरीएको थियो ।
संगमटोलदेखि सुरु भएको र्याली, अमरसिंहचोक, पृथ्बीचोक, विरौटा, लेकर्साईड, सृजनाचाक,न्युरोड, महेन्द्रपुल,रानीपौवा हुदै क्लबमा पुगेर समापन भएको थियो । संगम क्लबमा विवेक गुरुङ -कप्तान) , किरण गुरुङ, तेन्जीङ नाम्गेल, गम्भीर परियार, रोसन अहिराचन, कुमार थापा, प्रदिप मल्ल, संजय गुरुङ, नितेस श्रेष्ठ, प्रविन राणा, राजकुमार परियार, राकेश गुरुङ, विवेक गुरुङ बी, टंक गुरुङ, अजय गुरुङ, अनिल गुरुङ, विशाल गुरुङ र हरि लामा रहेका छन । प्रशिक्षकमा शम्भु केसी र म्यानेजरमा विकास गुरुङ रहनु भएको छ । क्लबका अध्यक्ष मनि गुरुङले आफ्नो क्लब राष्ट्रिय लिगमा छनौट भएकोमा आफु धेरै हर्सित भएको बताउदै अब सवै पोखरेलीहरुको सहयोगले सुपर लिगको आठौं स्थानसम्म पुराउने आफ्नो लक्ष्य भएको बताउनु भयो ।