Responsive Ad Slot

latest

चामलको पिठोमा जडिबुटी मिसाएर खाँदा तनहुँको व्यास नगरपालिकामा १ जनाको मृत्यु,२ विरामी

Thursday, December 8

/ by Admin BHOLA THAPA
पवन पौडेल
तनहुँ मंसीर २२ । चामलको पिठोमा जंगली जडिबुटी मिसाएर खाँदा तनहुँको व्यास नगरपालिका वडा नं ९ निवुवाटारीमा एकैघरका १ जनाको मृत्यु भएकेा छ भने २ जना विरामी परेका छन् । हिजो राती १० बजे जडिबुटीको औषधी पुवा बनाएर खाएका परिवारका सदस्य राती बेहोस भएपछि दमौली अस्पताल ल्याइएकामा यहाँ उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको थियो ।

 पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा परिवारकी सदस्य लक्ष्मी कुमारी विकको ज्यान गएको हो । घटनामा परी लक्ष्मीका छोरा सन्त बहादुर विक र सन्त बहादुरकी श्रीमति मनुमाया विक बेहोस भएकामा अहिले उनीहरुको भने होस खुलेको छ । उनीहरुको अहिले पनि उपचार जारी रहेको तनहुँ प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI