Responsive Ad Slot

latest

चितवन बिहानैबाट तनाबग्रस्त,ठांउ ठाउमा सबारी साधन र डिपार्टमेन्ट स्र्टासमा तोडफोड,गम्भिर घाईते पौडेल र परियारको स्वास्थमा केही सुधार ।

Tuesday, December 6

/ by Admin BHOLA THAPA
नारायण सापकोटा
चितबन मंसिर २०-चितवन अज बिहानैबाट तनाबग्रस्त बनेको छ । जिल्ला कारागार भरतपुरमा आज विहान झडप हुदा ५ जना कैदी घाइते भएको घटनाको बिरोधमा तरुण दल चितबनले आयोजना गरेको चितबन बन्दको कारण चितबनको जनजिबन प्रभाबित भएको छ । तरुणदलका कार्यकर्ताहरु चितबनको चोक चोकमा टायर बालेर प्रर्दशन गरीरहेका छन् ।प्रर्दशनका क्रममा बन्दकर्ताहरुले भरतपुरका बिभिन्न स्थानमा ५ ओटा सबारी साधनमा तोडफोड गरेका छन्। बिहानैबाट चितबन भएर चल्ने लामा तथा छोटा दुरीका सबारी साधन चल्न सकेका छैन्न ।

आक्समिक रुपमा बन्द हुदा यात्रुहरुले आफुहरु मर्कामा परेको गुनासो गरेका छन् । जिल्ला कारागार भरतपुरमा आज बिहान झडप हुदा युवा संघका संजय लामा, हत्या आरोपमा प्रक्राउ परेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेल,कानुन व्यवसायी कमल पाठकलाई आक्रमण गरेको आरोपमा प्रक्राउ परेका प्रदीप भट्ट , कैदी वद्री ढुङ्गाना र मदन परियार र हरी गुरुङ्ग रहेका छन् । घाईतेहरु मध्ये पौडेल र परियारको अवस्था गंम्भिर रहेको छ। घाईतेहरु सबैको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईते मध्ये पौडेल र परियारको अवस्था गंम्भिर रहेको भए पनि अहिले दुबैको स्वास्यथमा केही सुधार देखीएको अस्पतालले जनाएको छ ।

गम्भिर घाईतेहरुको उपचार गर्न काठमाडौबाट डा. उपेन्द्र देबकोटालाई बोलाईएको भएपनि मौषमका कारण आउन कठीनाई भएको बताईएको छ । जिल्ला स्तरको बिबाद मिलाउन भन्दै केही दिन अगाडीबाट काग्रेस महामन्त्रि कृष्ण प्रसाद सिटौला चितबनमा नै रहेको बेला यो घटना भएको हो ।कैदीबीच भनाभन भएपछि कारागार भित्र रहेको खानेपानी धाराको ह्याण्डिल ,डाडु पनिऊले हानाहान भएको कारागार कार्यालयले जनाएको छ ।तर घाईतेहरुले भने बाहिरबाट आएका युबाहरुको समुहले आफुहरुलाई आकैमण गरेको बताएका छन् । झडपको विषयमा अहिले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसै बिच भरतपुरमा नै रहेका २ ओटा डिपार्टमेन्टल स्टोरमा समेत तोडफोड भएको छ । भरतपुरको बाईपास रोडमा रहेका होप र जनसेबा डिपार्टमेन्टल स्र्टासमा तोड फोड भएको हो ।तोडफोड भने कसले र किन गराएको हा भन्ने अझै खुलेको छैन ्।बन्दको मौका पारेर अन्य अराजक तत्वले तोडफोड गरेको हुनसक्ने स्र्टास संचालकको दाबि छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI