काठमान्डौ मंसिर -हिट्स एफएम म्युजिक अवार्ड-२०६८ को २० ओटै विधाअर्न्तर्गत उत्कृष्ट पाँचको मनोनयन आइतबार र्सार्वजनिक गरिएको छ । नरेन्द्र प्यासीको माया ओ माया, १९७४ एडीको तिमीविना, ओमविक्रम विष्टको गाह्रो होला, रामकृष्ण ढकालको छुकछुके रेल र संगीता राना प्रधानको हाँसीहाँसी गीत उत्कृष्ट गीतको मनोनयनमा परेका छन् । राजेशपायल र्राईको र्राई इज किङ, सीमा संग्रौलाको नोट, रामकृष्ण ढकालको शैली, नेपथ्यको ऐना झयाल र १९७४ एडीको आठ अठारजस्ता गीतिसंग्रह उत्कृष्ट गीतिसंग्रहको मनोनयनमा परेका छन् ।
यस्तै, उत्कृष्ट गीतिरचनाको मनोनयनमा आनन्द अधिकारीको एकादेशमा, भुपाल र्राईको सुस्तरी झर्छ, कालीप्रसाद रिजालको नदी तरेर, रमण घिमिरेको हाँसीहाँसी र एसपी कोइरालाको पराले झुप्रो बोलका गीत परेका छन् । उत्कृष्ट गायिकातर्फ त्रि्रो मेरो सम्बन्धको गीतबाट निशा देशार, सुस्तरी झर्छ गीतबाट अन्जु पन्त, बैंसजस्तो बादलबाट दुर्गा खरेल, मलाई त घाउ छोप्ने गीतबाट सवनम गुरुङ र हाँसीहाँसी गीतबाट संगीता राना प्रधान मनोनयनमा परेका छन् । गायन विधाअर्न्तर्गत त्रि्रो मेरो गीतबाट दीपक लिम्बू, माया ओ माया गीतबाट नरेन्द्र प्यासी, पहाडको छुकछुके रेलबाट रामकृष्ण ढकाल, धर्ती आकाश गीतबाट राजेशपायल र्राई र आकै छैन गीतबाट पनि राजेशपायल र्राई नै मनोनयनमा परेका छन् ।
सर्वोत्कृष्ट पप-रक गीतिसंग्रहको मनोनयनमा दीपेशकिशोर भट्टर्राईको स्मृति, दिव्य सुब्बा एन्ड द ब्लुज एसिड्सको दिव्य सुब्बा एन्ड द ब्लुज एसिड्स, १९७४ एडीको आठ र अठार र सीमा संग्रौलाको गीतिसंग्रह नोट परेका छन् । सर्वोत्कृष्ट रक गायनको मनोनयनमा अल्बाट्रसको छैन मेरो, दिव्य सुब्बा एन्ड द ब्लु एसिड्सको आकाशबाट, ११:३० वसनको त्रि्रो दुःख, नेपथ्यको जोगले हुन्छ भेट र १९७४ एडीको तिमीविनाजस्ता गीत परेका छन् ।
यस्तै, चलचित्र संगीतको मनोनयनमा दुईओटा चलचित्रबाट शम्भुजित बाँसकोटा परेका छन् । सुरेश अधिकारी, न्हयू बज्राचार्य र महेश खड्का पनि यो विधामा मनोनयनमा परेका छन् । १ वैशाख २०६७ देखि चैत मसान्त २०६७ सम्म हिट्स एफएममा दर्ता भएका गीतहरूलाई विभिन्न १९ विधाको अवार्डमा समावेश गरिएको सो एफएमका तर्फाट जानकारी गराइएको छ । नेपाली संगीतको इतिवृत्तमा लामो समयदेखि योगदान पुर्याएका एक स्रष्टालाई भने लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजक पक्षद्वारा जानकारी गराइएको छ । २०५४ सालमा गीत-संगीतका सात विधाबाट यो अवार्ड सुरु गरिएको थियो । यस पटकको अवार्ड आउँदो महिनामा प्रदान गरिने पनि आयोजक संस्थाका तर्फाट जानकारी गराइएको छ । musickhabar.com