Responsive Ad Slot

latest

'आममाफीको सिफारिस राष्ट्रपतिले होल्ड गर्नुपर्छ'

Friday, November 11

/ by Krishna Neupane
विराटनगर, कार्तिक २५ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हत्या अभियोगमा सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका सभासद बालकृष्ण ढुंगेललाई राजनीतिक संरक्षण दिनु नहुने बताएका छन् ।

विराटनगरमा शुक्रबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे नेता नेपालले यस्तो बताएका हुन् । सरकारले उनीमाथिको सजायमा आममाफी दिनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले ‘होल्ड’ गर्नुपर्ने धारणा उनको थियो ।

शान्ति र संविधानबाट आम मानिसको ध्यान अन्यत्र मोड्नका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले अनावश्यक काम र निर्णय गर्ने क्रममा सभासद ढुंगेललाई आममाफी दिनुपर्ने निर्णय गरेको अरोप नेता नेपालले लगाए ।

यस्तो निर्णय गरेर प्रधानमन्त्रीले दोहोरो चरित्र प्रदर्शन गरेको टिप्पणी उनले गरे । अपराधीको संरक्षण गर्नतिर लागेर प्रधानमन्त्री भट्टराईले मानवअधिकार र कानुनी राज्यको उपहास गर्नुका साथै अपराधीको संरक्षण गर्नतिर लागेको आरोप पनि नेता नेपालले लगाए ।

हालै गरिएको मन्त्रिपरिषद विस्तारलाई बेमौसमको बाजाको संज्ञा दिंदै पूर्वप्रधानमन्त्री नेपालले सहमतिको सरकार गठन गर्नुपर्ने बेला आश्चर्यजनक रुपले आफूखुसी मन्त्रीहरु थपेको टिप्पणी गरे । जम्बो मन्त्रिमण्डल बनाएर प्रधानमन्त्री भट्टराईले मितव्ययिताका नाममा खोक्रो नारामात्र प्रस्तुत गरेको नेपालको भनाइ थियो । प्रधानमन्त्रीको यस्तो कदमले स्वयं माओवादीमा रहेको दोहोरो चरित्र उदांगो भएको बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI