तनहुँ खबर संवाददाता
तनहुँ,
कार्तिक २७–पृथ्वी राजमार्ग अन्तर्गत चितवन र तनहुँलाई जोड्ने मुग्लिङपुलको मर्मत कार्य सकिएको छ । पुल जीर्ण बन्दै गएपछि मर्मतका लागि भन्दै बिहीबारबाटलगातार ३ दिन सम्म राति ९ बजेबाट बिहान ९ बजेसम्म बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
अहिले मर्मतको काम लगभग सकिएकाले आजबाट निरन्तर रुपमा पुल संचालनान आउने पनि प्रहरीले जानकारी दिएको छ । रातको सामयमा पुले बन्द भएपछि पोखराबाट काठमाण्डुतर्फ जाने र काठमाण्डौ लगायत तराईका जिल्लाहरूबाट पोखरातर्फ जाने रात्रीबसका यात्रुहरूले सास्ती खेप्नुपरेको थियो । प्रधानमन्त्री डा. बाबुराम भट्टराई सोही पुल हुदै गृहजिल्ला पुगेर फर्के लगत्तै पुलको मर्मत गर्न लागिएको हो ।
यसअघि पनि माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला जीर्ण अवस्थामा रहेको पुलमा एकतर्फी मात्र सवारीसाधन चलाउन थालेपछि अवलोकनपछि तत्काल मर्मतको लागि निर्देशन दिनुभएको थियो । ४० वर्षअघि २०२८ सालमा न्यून भारवहन क्षमताका सवारीसाधनलाई लक्षित गरी बनाइएकोे पुलमा थेगी नसक्ने भारी बोकेर दैनिक सयौं सवारी साधन आवतजावत गर्न थालेपछि पुलको अवस्था जीर्ण बन्दै गएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।