सृजना राना
तनहूँ कात्तिक १९-दुलेगौडा नगरोन्मुख नमुना गा.वि.स को कार्यालयले आफनो क्षेत्रलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषण कार्यक्रमलाई प्रभावकारी बनाउन जनचेतना अभियानलाई तिव्रता दिइएको छ । यही पुस मसान्तसम्ममा खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्नका लागी जनचेतना जगाउने अभियानमा गा.वि.स ले सन्देशमूलक कार्यलाई तिव्रता दिन थालेको हो ।
गा.वि.स ले विभिन्न वडाहरुमा नक्साकंन गरी शौचालय व्यवस्थीत छ या छैन सो को पनी अवलोकन गरेको छ । अवलोकनमा दुलेगौडाको वडा नं ७ मा ५० प्रतिशत घरपरीवारले शौचालयको फोहोर सिधै सेती नदीमा बिर्सजन गर्ने गरेको भेटीएको र वडा नं ४ मा शौचालयको व्यस्थापन राम्रो नभेटीएको गा.वि.स सचिव नारायणप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
झन्डै २८ सय घर परीवार बसोवास गर्दै आएका दुलेगौडा क्षेत्रमा अबको २ महिनामा मलमूत्रबाट लाग्ने सक्रामक रोगले मुक्ती पाउन सकीने बताउदै अध्यक्ष वाग्लेले यदी कसैले आफनो शौचालय व्यवस्थीत गर्न तर्फ नलागेमा गा.वि.स बाट पाउने सेवा सुवीधा पनी कटौती गरीने गा.वि.स सचिव वाग्लेले जानकारी दिनुभयो ।