Responsive Ad Slot

latest

५० लाख को ‘राजेश हमाल फाउन्डेसन’ स्थापना

Tuesday, November 15

/ by Admin BHOLA THAPA
काठमाडौं, पहिलोपटक कुनैपनि नेपाली सेलिव्रिटीको नाममा फाउन्डेसन स्थापना हुँदैछ । महानायक राजेश हमालले आफ्नो नाममा पाँच मिलियन अमेरिकी डलर (५० लाख) को अक्षयकोष रहने गरि ‘राजेश हमाल फाउन्डेसन’ स्थापना गर्दैछन् । सामाजिक हितमा कार्य गर्ने फाउन्डेसनको संरक्षकमा हमाल स्वयम र अध्यक्षमा सहयोगी चिरन्जीवि आचार्य रहनेछन् । स्थापनाको काम अन्तिम चरणमा पुगेको छ ।


फाउन्डेसनलाई अन्तराष्ट्रिय डायस्पोरामा विस्तारका लागि हमाल लागिपरेका छन् । फाउन्डेसनबाट उनी बालबालिकाको शिक्षा, स्वास्थ्य र अपांगको क्षेत्रमा कार्य गर्न चाहन्छन् । ‘उहाँको चाहनाअनुसार नै फाउन्डेसन स्थापना गर्न लागिएको हो’ सहयोगी तथा अध्यक्ष आचार्यले मेरोसिनेमासँग भने, ‘सामाजिक हितबाहेक फाउन्डेसनबाट सिनेमा निर्माणतर्फ पनि सोचेका छौं ।’


मूलधनमा हमालको आफ्नै सम्पत्ति र बाँकी रकम कार्यक्रम, विज्ञापन र विदेशी कार्यक्रमबाट आएको रकमलाई संकलन गरिनेछ । ‘अब उहाँ चलचित्रसँगै सामाजिक हितका कामहरूमा पनि लाग्न चाहनुहुन्छ’ आचार्यले भने । आगामी दुईमहिनाभित्र फाउन्डेसनको औपचारिक स्थापना गरिने उनले जानकारी दिए । यसैगरि, सुस्ताएको राजेश हमाल फ्यान क्लबलाई पनि सक्रिय तुल्याउने प्रयास भैरहेको आचार्यले जनाए । स्रोत : मेरोसिनेमा
Don't Miss
© all rights reserved
made with by netKUTI