अनुप बाबु श्रेष्ठ
गोरखा कात्तिक २६ –कला भाषा संस्कृती हाम्रो पहिचान,जनमुखी संविधान र आत्म निर्णयको पक्षमा ११ औ जिल्ला सम्मेलन भन्ने नाराको साथ नेपाल मगर विद्यार्थी संघ गोरखाको ११ औ जिल्ला अधिवेसन आजबाट शुरुभएको छ । नेपाल मगर संघको भवन रोहटेपानी गोरखामा सञ्चालन भईरहेको कार्यक्रममा अहिले बन्द शत्र चलिरहेको छ । नेपाल मगर विद्यार्थीसंघ गोरखाका अध्यक्ष सम्झना थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको गोरखा क्षेत्र नं १ का सभासद पार्वती थापा मगरले उद्घाटन गर्नु भएको थियो ।
साथै कार्यक्रममा प्रमुख अतिथी सभासद पार्वती थापा, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय महासचिव नरेन्द्र थापा, नेपाल मगर विद्यार्थीसंघ गोरखाका संस्थापक अध्यक्ष कृष्ण राना, आदिवासी जनजाती सरोकार मञ्च गोरखाका अध्यक्ष विष्णु राना मगर, नेपाल मगर महिला संघका केन्द्रिय सदस्य नानुमाया थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्यहरु विमला पुलामी, अनिता थापा, सुमन थापा, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल अध्यक्ष गोम राना, आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद अध्यक्ष प्रेमध्वज थापा, नेपाल तमुविद्यार्थी छोज धिँ गुरुङ राष्ट्रिय परिषद सदस्य दुर्गा गुरुङ लगायतले आ आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रममा आज नै नयाँ नेतृत्वको चयन गरि कार्यक्रम सम्पन्न हुने नेपाल मगर विद्यार्थी संघ जिल्ला उपाध्यक्ष श्यामबावु थापा मगरले जानकारी दिएका थिए ।