Responsive Ad Slot

latest

संविधानमा ब्राह्मण र क्षेत्री जातिको नाम नै समेट्नुपर्ने माग

Monday, November 14

/ by Krishna Neupane
काठमाडौँ २८ कात्तिक । ब्राह्मण र क्षेत्री समाजले संविधानमा ब्राह्मण खस क्षेत्री जातिलाई आदिवासी रुपमा संविधानमा समेटिनुपर्ने माग गरेका छन् ।
खस क्षेत्री समाज राष्ट्रिय महासङ्घ र ब्राह्मण समाज नेपालले सोमबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको अन्तरिम संविधानमा ब्राह्मण र खस क्षेत्रीलाई ुअन्यु जातिमा राखिइएकाले त्यसलाई त्ात्काल सच्याएर ब्राह्मण र क्षेत्री नै लेख्नुपर्ने माग गरेका हुन् ।
जातीय विभेदकारी नीतिका विरुद्वमा ती समाजले छबँुदे माग गरेका छन् । मागहरुमा ब्राह्मण खस क्षेत्री दलित दशमानी ठकुरीलाई ुअन्यु मा राखिएका जातिलाई आदिवासी र मूल जातिमा सूचीकृत गर्नुपर्ने आदिवासी र जनजाति दुई पृथक शब्द र विषय भएकोले त्यसलाई अलगअलग किसिमले परिभाषित गर्नुपर्ने रहेको छ ।
त्यस्तै सङ्घीय राज्यको संरचना खडा गर्दा जातीय आधारमा नभई भुगोल आर्थिक क्षमता र जनसङ्ख्याका आधारमा नामकरण गर्नुपर्ने जातीय अग्राधिकारजस्ता विभेदकारी कानुन अवलम्बन गर्नुपर्ने राज्यका हरेक निकायमा जातीय जनसङ्ख्याका आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व गर्नुपर्नेलगायत रहेका छन् ।
खस क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष कुमारबहादुर थापाले २० प्रतिशत जनसङ्ख्या भएको क्षेत्री र १३ प्रतिशत जनसङ्ख्या भएको जातिलाई अन्तरिक संविधानमा अन्य जाति भनेर राखिनुप्रति आपत्तिजनक भएको र संविधानमा क्षेत्री र ब्राह्मण भनेर नै लेखिनुपर्नेमा जोड दिए । ब्राह्मण समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले संविधानमा क्षेत्री र ब्राह्मण जाति किटान गरी आदिवासीको रुपमा समेट्नुपर्ने नत्र नेपालभरका एक करोडभन्दा बढी क्षेत्री र ब्राह्मण आन्दोलनमा उत्रिने चेतावनी दिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI