नारायण सापकोटा ,
तनहु कात्र्तिक २६- पृथ्वी राजमार्ग अन्तर्गत चितवन र तनहुँलाई जोड्ने मुग्लिङ पुल मर्मतको लागि रातको समयमा आज पनि बन्द हुने भएको छ । पुल जीर्ण बन्दै गएपछि मर्मतका लागि बिहीबारबाट आजसम्म राति ९ बजेबाट बिहान ९ बजेसम्म बन्द हुने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
आज राती मर्मतको काम सकिएपछि भोलीबाट निरन्तर रुपमा पुल संचालनान आउने पनि प्रहरीले जानकारी दिएको छ । रातको सामयमा पुल बाटो बन्द हुने भएपछि पोखराबाट काठमाण्डुतर्फ जाने र काठमाण्डौलगायत तराईका जिल्लाहरूबाट पोखरातर्फ आउने रात्रीबसका यात्रुहरूले सास्ती खेप्नुपर्ने भएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई सोही पुल हुदै गृहजिल्ला पुगेर फर्के लगत्तै पुलको मर्मत गर्न लागिएको हो । यसअघि पनि माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला जीर्ण अवस्थामा रहेको पुलमा एकतर्फी मात्र सवारीसाधन चलाउन थालेपछि अवलोकनपछि तत्काल मर्मतको लागि निर्देशन दिनुभएको थियो । ४० वर्षअघि २०२८ सालमा न्यून भारवहन क्षमताका सवारीसाधनलाई लक्षित गरी बनाइएकोे पुलमा थेगी नसक्ने भारी बोकेर दैनिक सयौं सवारी साधन आवतजावत गर्न थालेपछि पुलको अवस्था जीर्ण बन्दै गएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।