Responsive Ad Slot

latest

दुलेगौडा लगायत आसपासका क्षेत्रमा खुल्ला दिशामुक्त क्षेत्र घोषण कार्यक्रम अन्तरगत शौचालयको ढल व्यवस्थीत गर्न राजनीतिकर्मीको आग्रह ।

Friday, November 4

/ by Admin BHOLA THAPA
तनहुँ
 कार्तिक १८-तनहुँको दुलेगौडा बजार र बेलचौताराका छेउमा रहेका अधिकांश घरका
शौचालयबाट निस्कने फोहोर अव्यवस्थीत रुपमा बिसर्जन गर्ने गरिएको छ । उक्त क्षेत्रलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषण कार्यक्रम अनुसार निरीक्षणको क्रममा यस्तो पाइएको हो । नेपालमा सरसफाइको कमीका कारण प्रत्येक वर्ष झन्डै १३ हजार बालबालीकाको मृत्यू हुने तथ्याक बाहीर आइरहेको अवस्थामा दुलेगौडा आसपासमा यस्तो भेटीनुले हामी हाम्रो स्वास्थ्य प्रति कती संवेदनशिल छौ भन्ने कुरा छरलङ्ग पारेको छ ।

दुलेगौडा गा.वि.स अन्तरगत दुलेगौडा बजारमा रहेका प्राय घरबाट शौचालयको पाइप सिधै भिरबाट झारेको पाईएको छ । तल सेती नदी पर्ने हुदा यसले नदी समेत दूगन्धीत बनाएको छ । दुलेगौडा गा.वि.स लाई यही पुस मसान्त भित्रमा खुल्ला दिशामुक्त क्षेत्र घोषण गर्ने अभियान अन्तरगत निरीक्षण गर्ने क्रममा यस्तो पाइएको हो । राजनितीकर्मीहरु सबैका घरदैलोमा पुगेर आफना शौचालयको ढल व्यवस्थीत गर्न आग्रह गरेका छन ।

Don't Miss
© all rights reserved
made with by netKUTI