Responsive Ad Slot

latest

चितवन सौराहाका एक युवकलाइ रहस्यमय हत्या

Monday, November 21

/ by Masti Entertainment
नारायण सापकोटा,चितबन, मंसीर ५,

१२ दिन अघि परिवारको सम्र्पक बाहिर रहेका पुर्वि चितवन सौराहाका एक युवक मृत अवस्थामा फेला परेका छन् । सौराहा चोक निवासी १७ वर्षिय सुनिल चौधरी गत २४ गते देखि परिवारको सम्र्पक वाहिर थिए । हिजो स्थानिय युवाहरुले वेल्छीपुल नजिक खोलाको किनारमा गाडिएको अवस्थामा शव देखेपिछ प्रहरीलाई खवर गरेका थिए । मृतक चौधरीको घाँटी रेटिएको र पेटमा छुरा प्रहार गरेको अवस्थामा भेटिएको इलाका प्रहरी टाँडीले जनाएको छ । घटना रहस्यमय रहेको प्रहरीको आशंका छ । मृतक चौधरीसंग ४०÷५० हजार साथमा रहेको र पैसाकै लागी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक चौधरीका ३ जना साथीहरुलाई नियन्त्रणमा लिएर छानविन गरिरहेको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।हात हेराउदा आफ्नो छोरा भारतमा रहेको भन्ने विश्वास मानेर प्रहरी समक्ष जाहेरी नदिएको मृतकका बावु चमारी चौधरीले वताएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI