गोरखा
कार्तिक २७ – गोर्खाको १६ वटा गाविसमा सचिव दरवन्दि खाली रहेको खुलासा भएको छ जिल्लाको ६६ गाविस मध्य पालुङटार गाईखुर, स्वाँरा सौरपानि,सामागाउँ प्रोक,लापु थुमी लगाएतका १६ वटा गाविसमा विगत एक वर्ष देखि सचिवको पद खाली रहको खुलासा भएको हो ।जिविस गोर्खाका प्रशाषन शाखा अधिकृत इश्वरी प्रसाद पनेरुले खाली रहेका गाविसहरुको लागी लोक सेवा आयोगमा चार महिना अघि माग फारम पठाईएको भए पनि केन्द्रवाट अहिले सम्म कुनै जानकारी नआएको हुनाले वाध्य भएर एउटै सचिवले दुईवटा गाविसमा काम गरिरहेको वताउनुभयो ।
एक गाविस एक सचिवको नियम भए पनि नागरिकको समस्यालाई मध्यनजर गर्दै एउटै सचिवालाई दुईवटा गाविसमा काम गदै आएको जानकारी गराउँदै अधिकृत पनेरुले पश्मिाञ्चलका १६ वटा जिल्लाको क्षेत्रिय कार्यालय पोखरा मार्फत अनुगमन हुने हुनाले जिविसवाट गरिनुपर्ने सेवालाई व्यवस्थित् गराउनको लागी पनि सचिव नभएका गाविसहरुमा सचिवहरुले काम गरे वापतको भत्ता ३०० –तिन हजार) गाविस संयन्त्र वाट स्वईकृत गराएर काम गरिरहको वताएका छन ।