काठमान्डौ,
कार्तिक ३० माओवादी लडाकुहरू रेखदेख, पुनस्र्थापना तथा समायोजनसम्बन्धी विशेष समिति मातहतको टोली आज माओवादी लडाकुहरू भएका शिविरमा जाने भएको छ । माओवादी लडाकुहरू रहेका मुख्य सातवटा शिविरमा सर्वेक्षण तथा पुनर्वर्गीकरण गर्न टोली त्यता जान लागेको हो ।
विशेष समितिको सचिवालयका सदस्यहरूको नेतृत्वमा टोली आज शिविरमा जाने र भोलिदेखि पुनर्वर्गीकरणको काम सुरु गरिने सचिवालय सदस्य गोपालसिंह बोहोराले जानकारी दिनुभयो । सचिवालयका संयोजक बालानन्द शर्माका अनुसार सबै शिविरमा सम्पर्क गरेर लडाकुहरूलाई शिविर नछोड्न भनि सकिएको छ । विशेष काममा खटिएका लडाकुबाहेक यो सर्वेक्षण र पुनर्वर्गीकरणमा नपरेका लडाकुको अभिलेख नराखिने पनि शर्माले बताउनुभयो ।