Responsive Ad Slot

latest

तनहुँ खबर डट कमको उद्घाटन 3/11/2011

Saturday, November 5

/ by Admin BHOLA THAPA


तनहु् खबर डट कम बारेमा


सुचना र र संचार मानव जीवनका लागि अपरिहार्य भईसकेको कुरा यहाँहरुलाई अवगत नै छ । विदेशमा रहेको होस् या स्वदेशमा वा त व्रम्हाण्डको जुनसुकै कुनामा रहेको मानवलाई पनि संचारको आवश्यकता पर्ने गरेको छ । त्यहि कुरालाई मध्यनजर गर्दै स्वच्छ, निश्पक्ष ताजा खबर मनोरन्जन साहित्य खेल जगत अनि जिवनका विभिन्न पाटाहरुलाई उजागरण गर्ने र मुलत ताजा खबर सबै देश विदेशमा संसार भरि छरिएर रहेका नेपालीहरु सबैलाई प¥याउने हेतुले तनहु खबर डट कम को स्थापना आजभन्दा ५ महिना पहिला भएको हो 

हामी यो आधास गराउन चाहन्छौं कि सुचना र संचारको यो दुनीया मात्र हाम्रो एउटा कोशिष हो यहाँहरुलाई संजालको माया सदभाव अनि सहयोगको अपक्षा राखेको छौ ।
तनहूँ खबर डट कम (www.tanahunkhabar.com)

सके सकेसम्म विविध विधाहरुलाई समेटने प्रयास हामीले गरेको छौ पाठक वर्गलाइ ध्यानमा राखेर यो बास्तवमा तनहुको मात्र खबर नभएर सम्पुर्ण देश अनि विश्वकै खबरहरुको सँगालो हो भन्न चाहान्छु । यसले देश विदेशका खवरहरुका साथै गैर आवासिय भनौं या प्रवासी नेपालीहरुको आवाजलाई पनि उत्तिकै समावेश गरेर लैजानेछ । विदेशमा नेपाली पत्रकारिताको विकाससँगै स्थापित भएका नेपाल पत्रकार महासंघका शाखाहरु, जसमा नेपाल पत्रकार महासंघ शाखा कतार, प्रवासी नेपाली पत्रकार संजाल लगायतसँग पनि हातेमालो गर्दै पत्रकारिताको आचार संहितालाई पनि पालना गर्दै अघि वढ्नेछ । 

नेपालको मध्य भागमा पर्ने तनहुँ जिल्ला नेपालमा मात्र नभई संसारभर परिचित छ । तनहुँसुर, बन्दिपुर, बसन्तपुर थानीमाई मन्दिर संगै व्यास गुफा तनहुँ जिल्लाको पर्यायवाची शब्द बन्दै गईरहेको छ । नेपाली साहित्यका आदिकवी भानुभक्त आचार्य, साहित्यकार गोकुल जोशीसंगै विद्धान यदुनाथ खनालको जन्मथलो र पवित्रा तिर्थस्थल देवघाटधाम रहेको तनहुँ जिल्ला ऐतिहासिक, प्राकृतिक, सास्कृतिसंगै धार्मिक रुपमा समेत नेपालकै अग्रणी अवस्थामा छ । 
तनहुँले थुपै सम्भावना बोकेको भएपनि प्रचारप्रसारको अभावमा तनहुँका सम्पदाहरु ओझेलमा परेको हामी सबैले महसुस गरेकै कुरा हो । नेपालमै लोकिप्रय मानिने तनहुँका कौरा, दक्षिण एसियाकै ठूलो दाबी गरिएको बिमलनगर स्थित सिद्धगुफा, महर्षी वेदव्यासको जन्मथलो व्यास गुफासंगै अन्य सम्पादको प्रचारप्रसार र तनहुँमा भएका सामाजिक कार्य, विकास निर्माण, घटनाहरुलाई समावेश गरी विश्वव्यापी रुपमा प्रचारप्रसार गर्न हामीले तनहुँ खबर अनलाइनको स्थापना गरेका हौ ।
तनहुँ खबर अनलाइन समाचारमा मात्र निहित नभई साहित्य, मनोरंजन र खेल जगतलाई समेत अग्रणी बन्नेछ । तनहुँ खबर अनलाइनसंगै तनहुँलाई विश्वभर चिनाउन हामीले तनहुँ जिल्लाबासी, प्रवासमा बस्दै आउनुभएका नेपाली दाजुभाईसंगै र बिदेशी साथीहरुमा सहयोगको अपेक्षा गरेका छौ । तपाईहरुको न्यानो माया र साथ पाएको खण्डमा तनहुँ खबर अनलाइन विदेशमा बसोबास गर्दै आएका नेपालीहरुलाई जोड्ने माध्यम बन्न सक्नेछ । 
विश्वव्यापी सुचना र संचारको युगमा यो हाम्रो एउटा सामान्य प्रयासमात्र हो । हाम्रो प्रयासमा यहाहरुको सदभाव अनि सहयोगको अपेक्षा राखेको छौ । हामी हाम्रा पाठक वर्गको मागलाई ध्यानमा राखेर विभिन्न विधाहरु थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहान्छौ । 


अन्त्यमा हाम्रा पाठक वर्गहरुको अमुल्य सुझाव, सल्लाह र सहयोगको पनि अपेक्षा गर्दछौं ।
धन्याबाद
तनहुँ खबर डट कम  परिवार 
info@tanahunkhabar.com
bholathapa7@gmail.com
facebook 
उदघाटन समारोहका केही तस्विरहरु 



Don't Miss
© all rights reserved
made with by netKUTI