हरि बहादुर सारु मगर
पाल्पा,
मंसिर ६- जाडोको आगमन संगै अग्नी पिडीतलाई ओढ्ने सिरक वितरण भएको छ । गत वर्ष आगलागी वाट घरवार विहीन वनेका सहलकोट पुरन्थर पाल्पाका २६ घरपरीवारलाई २७ थान सिरक वितरण गरीएको हो । भुतपुर्व शैनिक संघका केन्द्रिय उपाध्यक्ष कर्नेल धन वाहादुर मास्की रानाले रामपुरको वेझाडमा एक कार्यक्रमका विच सिरक वितरण गरेका हुन । रानाले ब्यक्तिगत रुपमा करिब २५ हजार वरावरको सिरक वितरण गरेका हुन ।
शनिवार आयोजित एक कार्यक्रममा सिरक वितरण गदैृ्र रानाले अग्नी पिडीतका लागी आफुले आगामी दिनमा पनि सहयोगी संघ संस्था र सरोकारवाला संग सहयोगको लागी पहल गर्ने वताए । रानाले मानवले मानविय भावनालाई वुझ्नु प्रर्छहोईन भने वोल्ने र आश्वासन मात्र बाडेर केही हुदैन भने । कार्यक्रमा प्रत्येक घरधुरी लाई एक एक थान सिरक वितरण गरीएकोमा १५ जना सदस्य रहेको एक परीवारलाई भने २ वटा सिरक प्रदान गरीएको थियो ।