काठमाडौँ, मंसिर ३,
सिरहा र काभ्रेमा आज भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । पूर्वपश्मि राजमार्गअन्तर्गत सिरहाको पडरियामा ट्रकको ठक्करबाट जिल्लाको बस्तीपुर-४ का ४० वर्षीय जोखन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक किनारामा भैंसी चराउँदै गरेका रामलाई ना ३ ख ७१६३ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लाहानले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता काभ्रेको पाँचखालबाट धुलिखेल आउँदै गरेको खावा स्थित टि्रपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । मृतकको सखनाखत हुन नसकेको छ्रैन । चौतारामा आजदेखि सुरु हुने सिन्धुपाल्चोक महोत्सवमा सहभागी लिन जाँदै गरेको बा ३५ प ८३८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । टि्रपर र चालक प्रहरीको नियन्त्रणमा छन् ।