नारायण सापकोटा ,
चितबन कार्तिक ३०- चितबनको भरतपुरमा संचालित नगरबसले बिद्यार्थीलाई छुट नदिएको खुलासा भएको छ ।चितबनको बालकुमारी कलेजमा अध्ययानरत देबघाटका सूर्यभक्त अधिकारीले नारायणगढको आपटारी देखी केन्द्रिय बसट्रमिनल ,नारायणगढ हुदै रिङ्गरोडमा संचालन भैरहेका वसले बिद्यार्थीहरुलाई छुट नदिएको गुनासो गर्नु भयो ।बिद्यार्थीहरुले छुट माग गर्दा बसका चलक र सहचालकहरुले कहिलेकाही बिद्यार्थीमाथी अभद्र ब्यबहार गर्ने गरेको पनि बताउनु भयो ।
हामिले संबन्धित यातयात ब्याबसायी समिती संग सम्पर्क गरेर सो रुटमा संचालन भएका बसहरुले बिद्यार्थीहरुलाई छुट दिएका छैनन्रे नि भनेर सोध्दा संघका प्रतिनिधिले अहिले सम्म सो जानकारी आफुहरुकोमा नआएको र अब अनुगमन गरेर बिद्यार्थीलाई छुट नदिएका संचालकलाई कारबाहि गर्ने प्रतिबध्यता समेत ब्यक्त गरे ।सरकार र यातयात ब्यबसायी बिच बिद्यार्थीहरुलाई परिचयपत्र देखाए पछि ४५ प्रतिसत छुट दिने सहमति भएको भए पनि कतिपय ब्याबसायीहरुले छुट दिनलाई आलटाल गरेको पाईदै आएको छ ।