नारायण सापकोटा ,
चितबन,
कार्तिक २७- गोरर्खाको उत्तरपुर्वी भागमा केन्द्रबिन्दु भएर आज विहान पाँच रेक्टर स्केलको भुकम्प गएको छ । साढे पाँच बजे गएको भुकम्पको काठमाण्डौ, गोर्खा, लमजुङ, तनह, चितवन लगायतका स्थानहरुमा महसुस गरिएको भुकम्प मापन केन्द्रका सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।भुकम्पले कहि क्षति नपु¥याएको पनि सापाकोटाले नेपालवाणी नेटवर्कलाई जानकारी दिनुभयो । भू कम्पको धक्का पश्चिमाञ्चल क्षेत्रका सबै जिल्लामा महसुस गरिएको हाम्रा सहकर्मीहरुले जनाएका छन ।गत असोज १ गते गएको ६ दशमल ९ रेक्टर स्केलको भू कम्पबाट नेपाल भारत र भुटानमा मानविय तथा धनजनको क्षति भएको थियो ।