Responsive Ad Slot

latest

मुग्लानीको तेस्रो वाचन संगै तनहुँ खबर डट कमको उद्घाटन

Saturday, November 5

/ by Admin BHOLA THAPA

चन्द्र कुमार थापा
दोहा-कतार,

कार्तिक १९-सन्ध्यागु्रप उपसमिति मुग्लानी सौगात द्धैमासिक साहित्यिक पत्रिकाद्धारा सस्थाको निजि कार्यलय अलखोरमा बिहिवार साँझ १०२ औँ लक्ष्मि जन्म जयन्ती भब्यताका साथ मनाएको छ ।

मुग्लानी सौगातको तेस्रो वाचन श्रृखलालाई लक्ष्मी जयन्ती विशेष बनाइएको हो भने उक्त अवसरमा तनहुँ खबर डटकमको उद्घाटन समेत गरिएको हो । स्वर्गिय महाकवी लक्ष्मि प्रसाद देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कतार पत्रकार महासंघका अध्यक्ष कुमार कार्की ,बिषेश अतिथि नवोदित साहित्यिक मोवाईल पुस्तकालयका सचिब चर्चित ढुंगेल, तनहुँ सेवा समाज कतारका अध्यक्ष निमलाल कुमाल , अतिथिमा सन्ध्यागु्रप कतारका सल्लाहकार बिरेन्द्र कुमार याक्थुम्वा लगायतका अतिथिहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटनमा दिप प्रज्वलन संगै स्वर्गिय साहित्यकारहरु प्रतिको संझनामा मौन धारण गरिएको कार्यक्रममा सर्जकहरुले स्वर्गिय देवकोटाको तस्विरमा माल्यानपर्ण गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य गोबिन्द भावुकले राखेका थिए भने शुभकामना मन्तब्य नेत्र बोहोरा तथा कार्यक्रम संञ्चालन संस्थाका बर्तमान सचिब राजेन्द्र खनालले गरेको कार्यक्रममा एक दर्जन सर्जकहरुले विभिन्न विधाका रचनाहरु वाचन गरेर तेस्रो बाचन श्रृङखलालाई मन्त्र मग्न बनाएका थिए ।
तनहुँ खबर डट कमको उद्घाटन

सुचना र र संचार मानव जीवनका लागि अपरिहार्य भईसकेको अवस्थामा प्रवासमा रहेर पनि विगत लामो समय याता देखी दश तथा विदेशप्रति निरन्तर रुपमा आप्ःनो सेवा प्रदान गर्दै आएको तनहुँ खबर डट कम वेव साईडको औपचारिकता दिएको छ । मुग्लानी सौगातको तेस्रो वाचन श्रृखलामा प्राप्त कार्यक्रममा अतिथि प्रमुख कार्की ,विशेष अतिथि कुमाल र ढुंगेलको हातबाट संयुक्त रुपमा ब्यानर अनावरण गरि उदघाटन गरिएको हो । तनहुँ खबर डट कमका प्रधान सम्पादक भोला थापा क्षेत्रीले साईडलाई प्रस्तुत गर्दै एउटा जिल्लाको नामबाट सञ्चालित भए पनि विस्वभर बिभिन्न कुना कन्दरामा रहेका नेपालीहरुलाई खवर प्रवाह गर्ने हेतुका साथ सञ्चालन गरिएको जानकारी गराए । उनले यस वेव साईटको देश विदेशका खवरहरुका साथै प्रवासी नेपालीहरुको आवाजलाई उत्तिकै समावेश गरेर लैजाने बताउदै पत्रकारिताको आचार संहितालाई पालना गर्दै अघि वढ्ने तर्क ब्यतm गरे । उक्त वेव साईटका लागि सधै सल्लाह , सुझाव र रायको निरन्तर अपेक्षा गर्दै निरन्तरता दिने खुलासा गरेका थिए ।

प्रमुख अतिथि कुमार कार्कीले मुग्लानी सौगात द्धैमासिक साहित्यिक पत्रिकाले बढाएको पाईलाले प्रवासमा रहेका प्रवासिहरुका बास्तबिकतालाई उजागर गर्दै साहित्यिक श्रष्टाहरुको मनोभावनालाई कदर गर्दै आज साउदि अरेविया तथा दुबई लगायत अन्य देशहरुमा समेत बिधुुतिय माध्यमद्धारा सञ्चालन गरेकोमा सम्पादन समिति तथा सन्ध्यागु्रप सस्थालाई धन्यावाद दिए । उनले तनहुँ खबर डट कमका सम्पादकलाई सञ्चार जगतमा स्वछन्द रुपमा निरन्तरता दिन आग्रह गर्दै सफलताको शुभकामना दिएका थिए । मन्तब्यकै क्रममा बिषेश अतिथि रहेका निमलाल कुमालले तनहुँ जिल्लाको परिचय संगै कबिताको माध्यमबाट परिचय तथा शुभकामना ब्यक्त गरे भने संस्थाका सल्लाहकार याक्थुम्वाले हालको नयाँ पिडिहरुको लागी अति आवस्यक रहेको सञ्चार जगतलाई अगाडि बढाउनु भनाई राखेका थिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI