अनुप बाबु श्रेष्ठ
गोरखा कार्तिक १८ - गोरखा सदरमुकामका विद्यालयका विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्र्तगत अस्ती सरस्वती मावि आहले हिजो महेन्द्रज्योती उच्च मावि दरवार मार्ग, नवज्याती मावि डण्डीडाँडा र आज रत्नराज्य लक्ष्मी मावि विरेन्चोकका १३०० विद्यार्थीको आखा परिक्षण गरिएको हो नेपाल नेत्रज्याती संघ चितवन शाखाको आयोजनामा भरतपुर आखा अस्पतालको प्राधिक सहयोग र भारतिय राजदुताबासको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल नेत्रज्योती संघ चितवन शाखाले आफ्नो संघको रजत महोत्सवको उपलक्ष्मा कार्यक्रमको आयोजना गरेको हो । परिक्षण कार्यक्रम अन्र्तगत भरतपुर आखा अस्पतालका नेत्ररोग विशेषज्ञ नारायण कोईरालाले आखा परिक्षण गर्नुभएको हो । कार्यक्रम अन्र्तगत सरस्वती उच्च माविका ५२३ जना विद्यार्थीको आखा परिक्षण गरिएको थियो । जसमा २९ जनालाई चस्मा समेत निशुल्क प्रदान गरिएको छ । त्यस्तै महेन्द्रज्योती उच्च माविको ३७५ जना विद्यार्थीको आखा परिक्षण गरिएको र ३८ जनालाई चस्मा प्रदान गरिएको र ७ जनालाई औषधि प्रदान गरिएको छ । उता नबज्योती मावि डण्डीडाँडामा २०० जनाको आखा परिक्षण गरिएकोमा ६ जनालाई चस्मा प्रदान गरिएको र आज रत्नराज्य लक्ष्मी मावि बिरेन्चोकका ३०० जना विद्यार्थीको आखा परिक्षण गरिएको र ३४ जनालाई चश्मा र ५ जनालाई कार्यक्रमका संयोजक दुर्गालक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको लागी १६ गते गोरखा आएको ६ जनाको टोली आज कार्यक्रम सम्पन्न गरि चितवन फर्केको छ ।