सर्लाही,
कार्तिक ३० -पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको रानीगञ्जमा आज भएको ु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रकको ठक्करले रानीगञ्ज –१ बस्ने वर्ष ५६ का साइकल यात्री हितबहादुर पौडेलको मृत्यु भएको हो । रानीगञ्ज–२ मा कवाडी सामान बोकेको ना १ ख ५८६५ नम्बरको ट्रकको ठक्करले पौडेलेको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक पोष्ट लालबन्दीका प्रहरी सहायक निरीक्षक लेखनाथ पुरीले जानकारी दिनुभयो ।
ट्रक फुलजोर प्रहरीको नियन्त्रणमा रहेको भएपनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ । यसैबीच क्षतिपूर्तिको माग राख्दै आफन्तहरूले अवरुद्ध गरेको राजमार्ग पनि खुलेको छ । मृतकका परिवारलाई कानुन अनुसारको क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग खुलेको प्रहरीले जनाएको छ । पौडेलको शवलाई भने पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवामा रहेको जिल्ला अस्पतालमा लगिएको छ ।