सिन्धुली, बिद्यार्थीहरुले ४५ प्रतिशत छुट पाउनुपर्ने विषयमा एक अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु, अखिलक्रान्तिकारी र नेविसंघ को आयोजना उक्त कार्यक्रम सँपन्न भएको हो । कार्यक्रममा बिद्यार्थीहरुलाई राज्यले दिएको ४५ प्रतिशत छुट सिन्धुलीमा संचालन रहेका यातायात ब्यबसायीहरुले मनपरि भाडा लिएको र बिद्यार्थीहरुले छुट नपाएको गुनासो विद्यार्थी नेताहरुले राखेका थिय ।
कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि हरुकोले राज्ले दिएको हधिकार ब्यबसायीहरुले कार्यान्वयन गर्नु पर्ने र कार्यावयन भए नभएको प्रशासनले अनुगमन गरि आबश्यक कारवाही गर्नुपर्ने बताएका छन् । सर्व पक्षिय छलपछि भोलीबाट राज्यले छुट्याएको ४५ प्रतिशत छुट कार्यान्यन हुने र यदी नभएको गुनासो आएमा आबश्यक कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी विमल पोख्रेलको भनाई रहेको छ । सरकारले निर्धारण गरेको नितिलाई भोली बाट नै कार्यान्वयन गर्ने र पिच सडकमा सरकारको नितिलाई समायोजन गर्ने र कच्चि सडकको लागि एक दिन सर्वपक्षिय छलफल गरेर मुल्य निर्धारण गर्ने यातायात ब्यबसायीहरुले प्रतिबद्धता गरेका छन्
पटक–पटक ब्यबसायीहरुले हस्ताक्षर मात्र गरेको र कार्यान्वयन नगरेमा आफुहरु आन्दोलन गर्न बाध्य हुने बताएका छन् । छुटको मुल्य सूची काउन्टर र बसमा टासिनु पर्ने बिद्यार्थीहरुको माग रहेको छ । दूई दिन पछि अब बस्ने सर्वपक्षिय भेलाले सवै सडकहरुमा मुल्य सूची निर्धारण गरी भाडामा समायोजन गर्ने र कार्यान्वयन गर्न सहायक प्रमुख जिल्ला अधिकारी विमल पोख्रेलले प्रतिबद्धता गर्नुभएको छ ।