तनहुँ खबर संवाददाता
काठमाण्डौ, मंसिर १
अन्तरिम संविधान संशोधन गर्ने बिषयमा आन्तरिक बिवादमा परेका एकीकृत माओवादी कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बिनाकुनै निष्कर्ष सक्किएको छ ।आज ठोस निर्णय हुन नसकेपछि बैठक भोली पुनः बस्ने सहमति भएको छ । िसंहदरबारस्थित शान्ति तथा पुनः निर्माण मन्त्रालयमा आज बसेको तीन दलका शीर्ष
नेताहरुको बैठकमा संविधान-सभाको राज्य पुनस्रंरचनासम्बन्धि समितिको प्रतिवेदन तथा फरकमतहरुलाईसमेत सन्दर्भ सामाग्रीको रुपमा लिएर सुझाव दिने गरी बिशेषज्ञ समूहको कार्यदेश बनाउने बिषयमा भने नजिक पुगेको नेताहरुले दाबी गरेका छन्
।यद्यपी माओवादीका उपाध्यक्ष मोहन बैद्यले भने आज कुनैपनि निष्कर्ष आउन नसकेको बताउनुभयो । संविधान संशोधन सम्बन्धमा हालको प्रस्तावलाई पारित गर्ने र त्यसपछि तत्कालै संविधान-सभाको अर्काे बैठक बसेर समूहको कार्यादेश पास गर्ने समेत सहमति भएको छ ।