Responsive Ad Slot

latest

नेपाली युवकको शव आठ महिनादेखि मलेसियामा

Thursday, November 17

/ by Admin BHOLA THAPA
आश गुरुङ,
मलेसियामै सदगद गर्ने तयारी

लमजुङ, मंसिर १ गते । मलेसियामा ज्यान गुमाएका एक नेपालीको शव आठ महिना बित्दा पनि नेपाल ल्याउन सकिएको छैन ।  पर्ूर्वी लमजुङको गौँडा गाउँ विकास समिति वडा नम्बर ९, लाखाजुङका मनिराज घलेको शव आठ महिनादेखि मलेसियाको पेतालिङजयाको अस्पतालमा रहेको छ ।

चार वर्षघि भ्रमण भिसामा मलेसिया पुगेका २८ बषिर्य मनिराज अवैधानिक रुपमा मलेसियामै कार्यरत रहेको आरोप लगाईएको छ । अवैधानिक रुपमा अर्कै व्यक्तिको पासपोर्टको फोटोकपी प्रयोग गरेर काम गरेकाले मृतकको वास्तविक नामठेगानासंग डकुमेन्ट नमिलेकाले शव नेपाल पठाउन समस्या भएको मृतकका दाजु गमबहादुर घलेले जानकारी दिए ।
'पहिले मलाई समेत भाइको शव हर्ेन दिईएन' गमबहादुरले भने, 'पछि गाउँवाट नाता प्रमाणित गरेर ल्याएपछिमात्रै शव हर्ेन दिईयो ।' नाता प्रमाणित गर्नुअघि जति हारगुहार गरेपनि शव हर्ेन नदिएको उनको भनाई छ ।
मृतक घले गत वर्षचैत २० गते देखि सर्म्पर्कबिहिन भएका त्यहाँस्थित नेपालीहरुले वताएकाछन् । त्यसको झण्डै दर्ुइ सातापछि घले आफैँले काम गर्ने घरको अन्डर ग्राउण्डमा झुन्डिएको अवस्थामा भेटिएको थियो । तर, उनको परिवारले भने विरामी अवस्थामा रहेको वताएको छ । 'मनिराज पहिले विरामी थिए' आफ्नो बाबुलाई उद्धृत गर्दै लाखाजुङका शिक्षक नन्दजंग घलेले भने, 'पछि एक्कासी सर्म्पर्क वीहिन बनेको थियो ।' पछि मलेसियाको अस्पतालमा मृत अवस्थामा भेटिएको खबर सुनेपनि उनको परिवार छाँगावाट खसेजस्तै भएको नन्दजंगको भनाई छ ।

मनिराज घलेको मृत्यू भएको ८ महिना वितिसक्दा पनि उनको मृत्यूको कारणबारे खुल्न सकेको छैन । झुण्डिरहेको अवस्थामा भेटिएको भनिएपनि किन र कसरी झुण्डिएको खुल्न नसकेको नेपालीहरुले वताएकाछन् । 'मलेसियामा कसैले हत्या गरेर आफैँ मरेको भनेर पुष्टि गर्नका लागि झुण्ड्यार्इर्र्ो हुन सक्छ' एक नेपालीले नाम नबताउने शर्तमा भनेकाछन्, 'नेपालीहरु आफैँ झुण्डिएर मरेको भनिएमा कानुनी प्रक्रिया निकै सजिलो हुन्छ, र दोष कसैमाथि आउँदैन ।' मलेसियामा मात्र नभएर खाडी देश पुगेका कतिपय नेपालीहरुको हत्या गरिएपनि उनीहरु 'आफैँ आत्माहत्या गरेर मरेको' भन्ने प्रमाण जुटाएर त्यहाँका मालिकहरु चोखिने गरेकाछन् ।

आफ्नो भाईको शव नेपाल पठाउन सहयोग गरिदिन मृतकका दाजु गम वहादुरले सबैसँग अपिल गरेपनि संवन्धित निकायले चासो नदिएको उनका परिवारले आरोप लगाएकाछन् । 'टुरिष्ट भिसा' मा मलेसिया गएकाले र अरुको पासपोर्टको फोटोकपी गरेर अबैधानिक रुपमा काम गरेकाले उनको शव नेपाल पठाउन नसकिएको श्रोतले जनाएको छ । श्रोतका अनुसार शवलाई नेपाल ल्याउन नमिलेपछि मलेसियामै आफ्नो दाज्यु गमबहादुरले सदगत गर्ने तयारी गरेको छ ।

यता, आफ्नो छोराको मुख समेत हर्ेन नपाएका मनिराज घलेका बाबुआमा निकै चिन्तित छन् । घरमा रुवावासी छ । मृतक मनिराजको घरमा आमाबाबु र १ भाइ छन् । उनको दाज्यु गमबहादुर मलेसियामा नै छन् भने ३ जना दिदीबहिनको विवाह भईसकेको छ ।elamjung.com

Don't Miss
© all rights reserved
made with by netKUTI