तनहुँ खबर संवाददाता
चितवन,
मंसिर ६-"सामाजिक रुपान्तरणका लागि शिक्षामामा नया“ अभियान बृह्त शैक्षिक महोत्सव चितवनको पहिचान" भन्ने नाराका साथ गत कात्तिक ३० गते देखी शुरु भएको बृहत राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सव २०६८ समापन कार्येक्रम आजा उद्योग बाणिज्य महांसधका उपाध्यक्ष प्रदीप जंग पाण्डेको प्रमुख अतिथीमा सम्पन हुदै छ । महोत्सवमा हिजो सम्म १ लाख ८० हजार दर्शकहरुले अवलोकन गरेको आयोजक समितिले जनाएको छ ।
यस अवधिमा १ करोड ९० लाख आर्थिक कारोबार समेत भएको आयोजकले बताएको छ । महोत्सव अवलोकनका लागि शिक्षक तथा बिद्यार्थीहरु बढी सहभागी भएका थिए । गत ३० गतेदेखि आयोजना गरिएको महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका थिए । महोत्सव अवधिभर बिभिन्न अन्तरक्रिया,स्थानिय तथा राष्ट्रिय स्तरका गायक गायिकाहरुको प्रस्तुती,जादुगर बलराम सरकारको म्याजिक सो,फुटबल,टेनिसबल प्रतियोगीता,हाजिरी जवाफ प्रतियागीता,तथा अन्य बिबिध सांस्कृतिक कार्यक्रमहरु भएका थिए । महोत्सवमा साहित्यक विद्याका पुस्तकहरु बढी बिक्रि भएका छन् ।
सर्वाधिक विक्रि हुने पुस्तकमा लक्ष्मी प्रसाद देवकोटाको मुना मदन र झमक घिमिरेको जिवन काडा कि फुल रहेको आयोजक समितिले जनाएको छ । उक्त कार्यक्रमा पुरस्कार तथा प्रमाणपत्र बितरण लगाएतका कार्यक्रम भइरहेको तनहुँ खबर संवाददाता सुवास लामिछानेले जानकारि दिएका छन ।