तनहुँ खबर संवाददाता
तनहुँ मंसिर २
विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइने भएको छ । नोभेम्बर २० मंसिर ४ गते अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाउन जिल्ला बालकल्याण समिति तनहुँ र बाल अधिकार संरक्षण साजाल तनहुँको बिहीबार बैठक बसी विविध कार्यक्रम साचालन गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले मंसिर ४ गते बिहान अनसन चौतारीदेखि र् याली सुरु गरी कोणसभामा परिणत हुने भएको छ । त्यसैगरी मनपाङ्ग गाविस स्थित अकला निमाविका ५ जना असहाय बालबालिका र छाङ्ग गणेश माविमा अध्ययनरत ८ जना बालबालिकाका लागि कापी कलम र पोशाक वितरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी शुक्ला मावि झापुटारमा चिल्ड्रेन नेपालको सहयोगमा बालबालिका माथि हुने िहंसा र दुव्र्यवहार तथा त्यसको प्रभाव विषयक जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने भएको छ । अन्तर्राष्ट्रिय बालअधिकार दिवस सन्दर्भमा कार्यक्रम साचालन गर्न जिल्ला विकास समितिबाट ५ हजार महिला तथा बालबालिका कार्यालयले ५ हजार नगरपालिकाले ५ हजार इन्सेक तनहुँले ३ हजार होस्टेहैसे बाल विकास समाजले ३ हजार सेतोगुराँस बाल विकास समाजले २ हजार टोलीले २ हजार र तनहुँ सहयोगी समूहले २ हजार सहयोग गर्ने बालअधिकार अधिकृत सरीता कार्कीले बताइन् ।