Responsive Ad Slot

latest

कतिपय मन्त्रीलाई त मै चिन्दिनः प्रधानमन्त्री

Monday, November 14

/ by Krishna Neupane
२८ कात्तिक, काठमाण्डौं । इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएर आलोचना खेपिरहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो मन्त्रिमण्डलका कतिपय सदस्यलाई आफैले नचिन्ने बताउनुभएको छ ।

कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रमलाई सोमबार साँझ बालुवाटारबाट लाइभ अन्र्तवार्ता दिंदै प्रधानमन्त्री भट्टराईले भन्नुभयो- ‘कतिपय मन्त्रीलाई त मै चिन्दिन, नामपनि थाहा छैन, पृष्ठभूमी पनि थाहा छैन् ।’ ठूलो मन्त्रिमण्डल बनाउनु आफ्नो बाध्यता रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो-’संयुक्त सरकारमा मलाई मन्त्री छान्ने सुबिधा छैन, गठवन्धन दलले जसलाई पठाए उनीहरुलाई नियुक्त गर्नु मेरो बाध्यता हो ।’

यस्तो कदमबाट जनतामा निराशा र आक्रोश बढेकोमा आफु सचेत रहेको भन्दै प्रधानमन्त्री भट्टराईले आफ्नो नैतिकताको कुरा गरेर बस्ने कि मुलुकलाई द्वन्द्वबाट मुक्त गरेर यनतेन अगाडी बढाउने भन्ने दुई बिकल्प आफ्ना सामु रहेको बताउनुभयो । शान्ति र संबिधानका लागि सवैलाई मिलाएर लैजान आफ्नो आदर्श बिपरित मन्त्रिमण्डल ठूलो बनाउनुपरेको उहाँको भनाई थियो ।

‘निराशा बढेकोमा सचेत छु’

प्रधानमन्त्री भट्टराईले आफु प्रधानमन्त्री बन्दा जनताले जे अपेक्षा गरेका थिए त्यो पुरा नसक्दा जनतामा निराशा र पिडा भएको आफुले महसुस गरेको बताउनुभएको छ ।

‘ठूलो मन्त्रीपरिषद् बनाउनु मेरो बाध्यता रह्यो, अरु कुरामा पनि जनताको अपेक्षा पुरा भएको छैन भन्ने मलाई थाहा छ’- प्रधानमन्त्रीले भन्नुभयो- ‘जसलाई बढि माया गरिन्छ, उबाट अपेक्षा पुरा भएन भने सवैभन्दा बढि घृणापनि उसैलाई गरिन्छ, मैले त्यो महसुस गरेको छु ।’

आफ्नो मुख्य लक्ष्य शान्ति र संबिधान भएकाले त्यसलाई सफल गर्न सके आफुलाई पास नम्बर दिन जनतामाझ आग्रह गर्नुभयो । आफ्नो आर्दशअनुसार कार्यसम्पादन गर्न नपाएको भन्दै प्रधानमन्त्रीले सहज बहुमतको अबस्थामा मुलुकको नेतृत्व गर्न पाए १०-१५ बर्षमा मुलुकलाई सम्बृद्ध बनाउने आफ्नो सपना रहेको बताउनुभयो ।

ढुंगेललाई आममाफी दिनु बिशिष्ट घटना भएको भन्दै उहाँले सर्वोच्चे फैसला गरिसकेकाले राष्ट्रपतिबाट आममाफी गराउनुको बिकल्प आफुसँग नरहेको बताउनुभयो । द्वन्द्वकालमा मुद्दा फिर्ता लिने सहमति शान्ति सम्झौता अन्य राजनीतिक सम्झौतामा पनि भएको र विगतका सरकारले पनि त्यस्ता मुद्दा फिर्ता लिएको भन्दै प्रधानमन्त्रीले सर्वोच्चमा मुद्दा चलिरहँदा ढुंगेलले असाबधानीबस वकिल राख्ने र बहस गर्ने नगरेकाले घटना बल्झिएको बताउनुभयो
Don't Miss
© all rights reserved
made with by netKUTI