Responsive Ad Slot

latest

गाविस सचिव हकहित संरक्षण केन्द्रमा श्रेष्ठ

Friday, November 18

/ by Krishna Neupane
तनहुँ खबर संवाददाता
तनहुँ, मंसिर २
गाविस सचिव हकहित संरक्षण केन्द्र तनहुँको अध्यक्षमा बुद्धिमान श्रेष्ठ खैरेनीटार सर्वसम्मत चयन भएका छन् । बिहीबार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा बुद्धिप्रसाद भुषाल कोटा सचिवमा बलराम गैरे गजरकोट कोषाध्यक्षमा चामनारायण श्रेष्ठ पुर्कोट सहसचिवमा श्रीकान्त न्यौपाने तनहुँसुर र सदस्यहरुमा गुरुदत्त घिमिरे जामुने चन्द्रनाथ पण्डित रानीपोखरी जगन्नाथ आचार्य घिरिङ्ग देवेन्द्र गौतम माझकोट झलक विक भीरकोट र दुर्गाबहादुर राना राइपुर चयन भएका छन् ।
अाचल कार्य समिति प्रतिनिधिमा हुत्तिमान विक पोखरीभाज्याङ तीर्थ वाग्ले छाङ र केन्द्रीय प्रतिनिधिमा लेखनाथ बस्ताकोटी थप्रेक र दधिराज पौडेल भीमाद रहेका छन् । यसअघि अधिवेशनको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले राज्यले गाविसमा लगानी गरे अनुरुप प्रतिफल नआएकोले गाविस सचिवहरुले इमानदारीपूर्वक काम गर्नुपर्ने बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी छविलाल रिजालले सेवाग्राहीहरुलाई चुस्त दुरुस्त र भरपर्दो सेवा पुर् याउन सचिवहरु लाग्नुपर्ने बताए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका इन्चार्ज हरिबहादुर चुमान नेपाली कांग्रेसका ताराराज राना गाविस सचिव हकहित संरक्षण केन्द्र कास्कीका अध्यक्ष चन्द्रकान्त तिम्सेना लगायतले मन्तव्य राखेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI