शैक्षिक अनुसन्धान तथा सामाजिक विकास केन्द्र, राइट मिडिया, समृद्ध नेपाल, नारायण परिवार क्लव र सङ्कटा सहकारी संस्थाद्वारा संयुक्तरुपमा सोमबार आयोजित ‘समृद्ध नेपालका पूर्वाधारहरु’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले सहमतिलाई पन्छाउने खेलमा माओवादी अग्रसर भइरहेको आरोप लगाएका हुन् ।
उपसभापति पौडेलले जस्तोसुकै बखेडा झिके पनि माओवादी सातबुँदे सहमतिबाट उम्किन नसक्ने जिकिर गर्दै सातबुँदे सहमतिप्रति बेइमानी गरी शान्ति प्रक्रियामा असर परे त्यसको जिम्मेवारी माओवादीले नै लिनुपर्ने उनमा जोड दिए ।
‘शान्ति प्रक्रियाका विषयमा ठोस निर्णय गर्न विशेष समितिको बैठक नबोलाई प्रधानमन्त्री भट्टराईले आलटाल गरिरहेको र यसले पछिल्लो समयमा दलहरुबीच भएको सहमतिलाई तुहाउने कार्य भइरहेको छ’ उनको आरोप थियो ।
शान्ति प्रक्रियाबारे ठोस निर्णय लिने समय सकिनै लाग्दा पनि प्रधानमन्त्री र माओवादी गम्भीर हुन नसकेको टिप्पणी गर्दै उपसभापति पौडेलले थपे, 'माओवादी इमान्दार नभएसम्म मुलुकमा प्राप्त उपलब्धिहरु संस्थागत हुन नसक्ने निश्चित छ ।’
काँग्रेसका नेता डा रामशरण महतले शान्ति प्रक्रियाका सन्दर्भमा माओवादीले सहमति गर्ने र सहमतिपछि पुनः सम्झौतारुपी प्रस्ताव ल्याउने गरेकाले उसको नियतमा शङ्काको स्थान रहेको बताए ।