Responsive Ad Slot

latest

बरभाज्याङ खुला दिसामुक्त गाविस घोषणा

Saturday, November 12

/ by Krishna Neupane

तनहुँ खबर संवाददाता
तनहुँ कार्तिक २६
तनहुँ जिल्लाको बरभाज्याङ गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । गाविसमा रहेका १ हजार ३ सय ४१ धरधुरीमा शौचालय निर्माण सम्पन्न भएपछि गाविसलाई खुलादिसामुक्त घोषणा गरिएको हो । गाविसमा आयोजित एक कार्यक्रममा सभासद् सुरेश आले मगरले गाविसलाई खुला दिसामुक्त घोषणा गरेका हुन् । बरभाज्याङ खुला दिसामुक्त गाविस घोषणा भएको २० औं गाविस हो । ९ लाख १ हजार १ सय २० को लागतमा शौचालय निर्माण गरिएको हो ।


जिल्ला विकास समिति तनहुँ र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको सहयोग र समाजसेवा समूहको प्राविधिक सहयोग गाविस स्तरीय सरसफाई तथा स्वच्छता समन्वय समिति बरभाज्याङको आयोजनामा अभियान सम्पन्न गरिएको हो ।
गाविसमा अभियान सुरु हुनु अघि ५ सय ९१ र अभियानका क्रममा ७ सय ५० घरधुरी ६ विद्यालय र १ सहकारीमा शौचालय निर्माण भएको थियो । ुस्वच्छ सुन्दर हराभरा बरभाज्याङ गाउँ सरसफाईमा नमुना बनाउँु भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सभासद् आले मगरले गाविसलाई खुला दिसामुक्त बनाउन लागिपर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी छविलाल रिजालले जिविसले २०६९ असार मसान्तभित्र तनहुँलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानमा लागेको बताए । उनले शौचालय निर्माण गरेर मात्र गाविसलाई खुला दिसामुक्त गर्न नसकिने भएकाले निर्माण गरिएका शौचालयको उचित प्रयोग र संरक्षण गर्नुपर्ने बताए । मानिसको आनीबानीमै परिवर्तनको लागि स्थानीय शिक्षक अभिभावक र विद्यार्थीले विशेष रुपमा भूमिका निर्वाह गरेको खण्डमा अभियान सफल हुने उनले बताए । उनले खुला दिसामुक्त अभियानमा राजनीतिक दलले पुर् याएको सहयोगको प्रशंसा गरे ।

बरभाज्याङ गाविसका सचिव अर्जुनबहादुर बोहोराको सभापतित्वमा साचालित कार्यक्रममा एकीकृत नेकपा माओवादी तनहुँका इन्चार्ज हरिबहादुर चुमान नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एकबहादुर राना र नेपाली कांग्रेस तनहुँका सचिव बालकृष्ण घिमिरेले जिल्लालाई खुला दिसामुक्त गर्ने अभियान सफल पार्न सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा समाज सेवा समूह फराकचौरका संरक्षक समुन्द्र गोदार जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर विश्वराज पौडेल गाविस सचिव हकहित संरक्षण केन्द्रका उपाध्यक्ष रामराज न्यौपाने नेपाली कांग्रेस क्षेत्र नं। १ का सभापति लक्ष्मीभक्त आचार्य एमाले क्षेत्रीय सचिव पदमबहादुर कार्की युनिसेफका प्रतिनिधि बोधनारायण श्रेष्ठ एमाले बरभाज्याङ गाउँ कमिटीका अध्यक्ष कृष्णिसंह ठकुरीले मन्तव्य राखेका थिए ।

कार्यक्रमको साचालन एकीकृत नेकपा माओवादीका विश्वराज िसंह ठकुरी र स्वागत नेपाली कांग्रेस बरभाज्याङका सभापति नहकुल अधिकारीले गरेका थिए । शौचालय निर्माण अभियानको प्रतिवेदन समाजसेवा समूह फराकचौरका कार्यक्रम संयोजक सुशीला शर्माले प्रस्तुत गरेकी थिइन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI