Responsive Ad Slot

latest

सुत्केरी महिलालाई यौन दुव्र्यवहार गर्ने डाक्टरबाट ७ लाख क्षतिपुर्ति ।।

Friday, November 4

/ by Admin BHOLA THAPA
रामजी राना,
लमजुङ कार्तिक १८ -तनहुँको भानु गाविस–८ तुरतुरेकी १७ दिनकी एक सुत्केरी महिलालाई उपचारको क्रममा यौन दुव्र्यवहार गर्ने तुरतुरे भन्ने ठाउँमा रहेको श्रेष्ठ मेडिकल हलमा कार्यरत डाक्टर हरिकुमार श्रेष्ठले क्षतिपूर्ति स्वरुप ७ लाख बुझाएका छन् । केही दिन अघि उपचारको लागि मोडिकलमा पुगेका भानु गाविस–८ की १७ वर्षीया पार्वती थापा (नाम परिवर्तन) लाई बुधबार उपचार पछि डाक्टर श्रेष्ठले यौन दुव्र्यवहार प्रयास गरेको पीडित पक्षले आरोप लगाएको थियो । आरोपमा प्रहरीले सोमबार डाक्टर श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखेको थियो । मंगलबार र बुधबार दिनभर दुवै पक्षबीच भएको छलफलपछि डाक्टर श्रेष्ठले पीडित महिलालाई ७ लाख रुपैयाँ बुझाएका हुन् । पीडित पक्षले १० लाख रुपैयाँ माग गरेपनि ७ लाखमा सहमति भएको हो । सहमतिपछि प्रहरीले अभियुक्त डाक्टर श्रेष्ठलाई रिहा गरेको थियो । डाक्टर श्रेष्ठ लमजुङको दुराडाँडा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी दरबन्दी भएका डाक्टर हुन् भने उनी २ वर्षदेखि श्रेष्ठ मेडिकलमा पार्ट टाईम काम गर्दै आएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI