Responsive Ad Slot

latest

बन्दको प्रभाब चितबनमा पनि सुन्य

Wednesday, November 23

/ by Admin BHOLA THAPA
चितवन,
मंसिर ७- संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले बिभिन्न तीन बुदेँ माग राख्दै आज देखि आब्हान गरेको अनिश्चितकालीन नेपाल बन्दको कारण चितबन ,नबलपरासी लगायत तराइका जिल्लाको जनजिवन प्रभावित भएको छ ।नारायणगढ ,भरतपुर क्षेत्रमा भने बन्दको प्रभाब खासै देखिएको छैन।पसलहरु खासै नखुलेका भएपनि स्थानिय रुटमा चल्ने सबारी साधन भने निबार्द रुपमा संचालन भएका छन ।

उता नवलपरासी र तराईका अन्य जिल्लाहरुमा भने विहानैबाट पसलहरु बन्द रहेको, यातायातका साधनहरु पनि फाट्टफुट्ट मात्रै चलिरहेका र शैक्षिक संस्था, उद्योग कलकारखाना पनि ठप्प रहेका हाम्रा सहकर्मी जनाएका छन ।

पटक पटक थप गरीएको सबिधान सभा बिघटन गरिनु पर्ने, सर्बदलिय, सर्बक्षिय, सर्बजातिय गोलमेच सम्मेलन गरी राष्ट्रिय नागरिक सरकार गठन गरिनुपर्ने र ताजा जनादेशका लागि राष्ट्रिय निर्बाचन गरीनु पर्नें माग राख्दै समितिले नेपाल बन्दको घोषणा गरेको हो । अनिश्चितकालिन रुपमा बन्दको आब्हान गरीएपनि राजधानीमा खासै प्रभाव परेको छैन ।
Don't Miss
© all rights reserved
made with by netKUTI