Responsive Ad Slot

latest

गोर्खा विकास बैंकका आठ सञ्चालकले अदालतमा आत्मसमर्पण

Saturday, November 12

/ by Laxmi Rana Bhat
लक्ष्मी रानाभाट,
कार्तिक २६- सर्वसाधारणको निक्षेप घोटाला गरेको अभियोगमा राष्ट्रबैंकले कारबाही थालेलगत्तै फरार गोर्खा विकास बैंकका आठ सञ्चालकले अदालतमा आत्मसमर्पण गरेका छन्। पुनरावेदन अदालत पाटनमा आत्मसमर्पण गरेका मध्ये एक पुर्पक्षका लागि थुनामा छन्, अर्काको थुनछेकको बहस जारी छ भने छ सञ्चालक धरौटीमा छुटिसकेका छन्। प्रहरी उच्चस्रोतका अनुसार अभियुक्तहरू ुआफूविरुद्ध मुद्दा मिलाउन उपयुक्त मौका मिलाएर अदालत उपस्थित भएका हुन ।
          सर्वसाधारण निक्षेपकर्ताको रकम दुरुपयोग गरेको र अनियमित रूपमा कर्जा लिएको अभियोगमा उनीहरूमाथि राष्ट्रबैंकको आग्रहमा प्रहरीले अनुसन्धान थालेलगत्तै १८ सञ्चालक र घोटालाका सबै सहयोगी फरार थिए। आत्मसमर्पण गरेका रुची जजुडिया, पुन खेतान, सञ्जीव मिश्र, महेशप्रसाद रिजाल र जीवन घिमिरेलाई पुरानावेदन अदालत पाटनले धरौटीमा रिहा गरीसकेको छ। प्रवीण नौलखा पुर्पक्षका लागि नख्खु कारागारमा छन् भने राकेश अडुकियाको थुनछेक बहस जारी छ।
अडुकिया र जजुडियाले बिहीबारमात्र आत्मसमर्पण गरेका हुन्। शुक्रबार राकेश अडुकियाको बयान सकिए पनि थुनछेक बहस सकिएन। आइतबार थप बहस गर्नेगरी अदालतले उनलाई शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर हिरासत पठाएको छ।ुनौलखाको बहस सकिएकाले पुर्पक्षका लागि थुना पठाउने आदेश भएको छ,ु पुनरावेदन अदालत पाटनका सहरजिस्ट्रार किशोर घिमिरेले भने, ुराकेश अडुकियाबारे आइतबार आदेश हुनसक्छ।
Don't Miss
© all rights reserved
made with by netKUTI