Responsive Ad Slot

latest

विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

Monday, November 14

/ by Krishna Neupane
तनहुँ खबर संवाददाता
तनहुँ कार्तिक २८
मनपाङ गाविस-१ छविसे स्थित अकला निम्न माध्यमिक विद्यालयमा अध्ययनरत २२ अनाथ विद्यार्थीलाई सोमबार शैक्षिक समाग्री प्रदान गरिएको छ । तनहुँको मिर्लुङ गाविस घर भई हाल दमौलीमा बसोबास गर्दै आएका श्याम मौरातीले विद्यार्थीलाई शैक्षिक समाग्री प्रदान गरेका हुन् ।
विभिन्न साचारमाध्यममा विद्यार्थीहरुको बारेमा समाचार प्रकाशन भएपछि मौरातीले अनाथ विद्यार्थीलाई सहयोग स्वरुप शैक्षिक समाग्री प्रदान गरेका हुन् ।
विद्यालयमा सोमबार दिउँसो आयोजित कार्यक्रममा बाबु र आमा दुवै नभएका शिशु कक्षामा अध्ययनरत ५ वर्षीय रोशन गुरुङ कक्षा १ की सम्झना परियार र कक्षा २ का साजन परियारलाई मौरातीले विद्यालय पोशाक र शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
बाबु आमा मध्ये एकजना गुमाएका १८ विद्यार्थीलाई उनले प्रत्येकलाई आधा दर्जन कपी र एक दर्जन पे_िन्सल प्रदान गरेका छन् । आफ्नो आम्दानीको केही प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्ने उद्देश्यले विद्यार्थीहरुलाई शैक्षिक समाग्री प्रदान गरेको मौरातीले बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI